१ पुस २०८२, मंगलबार | December 16, 2025

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, आजै मन्त्रालयको भागबन्डा



काठमाडाैं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

माओवादी केन्द्रका नेता गणेश साहका अनुसार मंगलबार बिहान ९ बजे शीर्ष नेताको बैठक बस्दैछ । मन्त्रालय बाँडफाँटको टुंगो पनि आजै लाग्ने उनले बताए ।

‘माधव नेपाल र जसपाको कानुनी र प्राविधिक प्रक्रिया सकिएको छ । आज बाँडफाँडसहित आन्तरिक रुपमा मन्त्री टुंगिएर मन्त्रिपरिषद विस्तार हुन्छ,’ उनले भने ।

एमाले विभाजन पश्चात नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । ‘माधवजीलाई अफ्ठेरो अवस्था छ । यसमा साथ सहयोगमा अरु पार्टीले लचकता देखाउनुपर्छ । माओवादी केन्द्रले लचकता देखाएर सहयोग गर्छ,’ उनले भने, ‘यो हाम्रो नैतिक जिम्मेवारी हो । सहकार्यको वातावरण बनाउँदैछौं । उहाँलाई अफ्ठेरो परेको सहयोग गर्छौं ।’

सोमबार माओवादी केन्द्रको बैठक बसेको थियाे । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारीबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ७ : ४७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज