१ पुस २०८२, मंगलबार | December 16, 2025

बलियो हुँदै नेपाली मुद्रा



काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपैयाँले घटेको छ । गत बिहीवार एक डलरको खरीद मूल्य ११९ रुपैयाँ १० पैसा थियो, त्यो आज ९बुधवार० सम्म आउँदा १ रुपैयाँ ९९ पैसाले घटेर ११७ रुपैयाँ ११ पैसामा कायम भएको छ ।

बिहीवारका लागि डलरको खरीद दर भने ११६ रुपैयाँ ५१ पैसा तोकिएको छ । मंगलवार डलरको विक्री मूल्य ११७ रुपैयाँ ५२ पैसा र खरीद मूल्य ११६ रुपैयाँ ९२ पैसा रहेको थियो ।

नेपाली रुपैयाँ पछिल्लो २ महीनायताकै बलियो भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठले पछिल्ला दिनहरूमा डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको बताए । डलरको तुलनामा भारतीय मुद्रा बलियो हुँदा नेपाली मुद्रा पनि बलियो भएको उनको भनाइ छ ।

‘विभिन्न कारणले पछिल्लो समय भारतीय मुद्रा डलरको तुलनामा बलियो हुँदै गएको छ । त्यसको असरले नै नेपाली मुद्रा बलियो भएको हो,’ उनले भने, ‘तर, अबको दिनमा कस्तो हुन्छ भनेर भन्न सकिँदैन । भारतीय मुद्रा बजार कस्तो हुन्छ, त्यसले नै निर्धारण गर्छ ।’

डलरको तुलनामा भारतीय रुपयाँ ९भारू० बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो भएको हो । नेपाली रुपैयाँको विनिमय दर भारूसँग आबद्ध पेग्ड गरिएको छ । त्यसले गर्दा भारू बलियो हुँदा नेपाली मुद्रा पनि बलियो भई डलरको मूल्य घट्छ ।

त्यसैगरी भारू कमजोर हुँदा नेपाली रुपयाँ स्वतः कमजोर भई डलरको मूल्य बढ्ने हुन्छ । मंगलवार डलरको मूल्य ९० दशमवल ७० भारू रहेको थियो । आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  ६ : ५७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष