१६ चैत्र २०८२, सोमबार | March 30, 2026

१ अर्ब लगानीमा चितवनमा खुल्यो पाँचतारे पटिहानी रिसोर्ट



चितवन । चितवनको पटिहानीमा १ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका-२२ राप्ती नदी तटीय क्षेत्रमा पाँचतारे पटिहानी रिसोर्ट सञ्चालको तयारीमा पुगेको हो ।

रिसोर्टमा चितवनसहित देशभरका २२ व्यवसायीको लगानी रहेको प्रबन्ध निर्देशक ऋषि न्यौपानेले बताए । हालसम्म रिसोर्टमा ७५ करोड लगानी भइसकेको जनाउँदै उनले सबै काम सम्पन्न गर्दा १ अर्ब रुपैयाँ हाराहानी खर्च हुने बताए ।

रिसोर्टमा सात अत्याधुनिक भिल्ला छन्। यीमध्ये दुई भिल्लामा पौडीपोखरीसमेत रहने जनाइएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० शिखर सम्मेलन आयोजना गर्दा राष्ट्रप्रमुख बस्न मिल्ने गरी यी भिल्ला बनाइएको उनले जानकारी दिए ।

एउटै भिल्लाको एक दिनको एक हजार डलर लिने गरी सुविधासम्पन्न बनाइएको निर्देशक न्यौपानेको भनाइ छ । रिसोर्टमा अन्य ५२ कोठा छन् । पाँच सय अट्ने एक, १५० अट्ने दुई र १०० अट्ने चारवटा हल छन् ।

रेष्टुरेन्टमा एकपटकमा ५ सय जनाले बसेर खान सक्ने सुविधा छ । छुट्टै २५० अट्ने सुविधासम्पन्न बार पनि छ । होटलमा क्यासिनोका लागि अलग्गै भवन रहेको छ ।

बगैँचा र पौडीपोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ । पाँच बिघा १० कठ्ठा जमिनमा निर्मित रिसोर्टको बीचबाट सार्वजनिक बाटो भएकाले बाटोमुनिबाट आवतजावतका लागि अण्डरपासको व्यवस्थासमेत गरिएको छ ।

विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको रिसोर्ट नजिकै हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ । रासस

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  ९ : ३४ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन