३१ श्रावण २०८३, आइतबार | August 17, 2026

संवैधानिक इजलासमा सभामुख सापकोटा विरुद्धको मुद्दामाथि सुनुवाइ हुँदै



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध सशस्त्र द्वन्द्वकालको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा सभामुख सापकोटा विरुद्ध काभ्रेका अर्जुन लामाको हत्या अभियोगको मुद्दामाथि सुनुवाइ हुन लागेको हो । संवैधानिक इजलासमा न्यायाधीसहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

यो मुद्दाको पेशी यसअघि ३० फागुन २०७६ मा चढेको थियो । तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । हालसम्म २० पटक पेसीमा तोकिए पनि अन्तिम सुनुवाइ हुन सकेको छैन ।

केही मानवअधिकारको पक्षमा वकालत गर्दै आएका चरण प्रसाईं, कपिल श्रेष्ठ, कनकमणि दीक्षित, सुशील प्याकुरले लगायतका केही व्यक्तिको सुझावअनुसार लामाकी पत्नी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् ।

काभ्रेका लामा २०६२ बैशाख १६ गते अपहरणमा परेका थिए । उनको सोही वर्षको साउनमा हत्या भएको थियो । आफ्ना पतिको हत्या गर्न माओवादीका तत्कालिन नेता अग्निप्रसाद सापकोटाले निर्देशन दिएको भन्दै लामाकी पत्नीले २०६४ सालमा काभ्रे प्रहरीमा जाहेरी दिएकी थिइन । तर, प्रहरीले जाहेरी नबुझेपछि पूर्णिमाया लामाले सर्वोच्च अदालतमा उजुरी दिएकी थिइन । अदालतको आदेशअनुसार प्रहरीले जाहेरी बुझेपनि सो जाहेरी तामेलीमा राख्ने निर्णय भएपछि पूर्णिमाया पुनः सर्वोच्च गएकी थिइन । सापकोटा विरुद्ध पछि कनकमणि दीक्षित र सुशील प्याकुरेलले अलगअलग मुद्दा दर्ता गराएका थिए ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  १२ : ०२ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण