१२ श्रावण २०८१, शनिबार | July 27, 2024

संवैधानिक इजलासमा सभामुख सापकोटा विरुद्धको मुद्दामाथि सुनुवाइ हुँदै



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध सशस्त्र द्वन्द्वकालको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा सभामुख सापकोटा विरुद्ध काभ्रेका अर्जुन लामाको हत्या अभियोगको मुद्दामाथि सुनुवाइ हुन लागेको हो । संवैधानिक इजलासमा न्यायाधीसहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

यो मुद्दाको पेशी यसअघि ३० फागुन २०७६ मा चढेको थियो । तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । हालसम्म २० पटक पेसीमा तोकिए पनि अन्तिम सुनुवाइ हुन सकेको छैन ।

केही मानवअधिकारको पक्षमा वकालत गर्दै आएका चरण प्रसाईं, कपिल श्रेष्ठ, कनकमणि दीक्षित, सुशील प्याकुरले लगायतका केही व्यक्तिको सुझावअनुसार लामाकी पत्नी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् ।

काभ्रेका लामा २०६२ बैशाख १६ गते अपहरणमा परेका थिए । उनको सोही वर्षको साउनमा हत्या भएको थियो । आफ्ना पतिको हत्या गर्न माओवादीका तत्कालिन नेता अग्निप्रसाद सापकोटाले निर्देशन दिएको भन्दै लामाकी पत्नीले २०६४ सालमा काभ्रे प्रहरीमा जाहेरी दिएकी थिइन । तर, प्रहरीले जाहेरी नबुझेपछि पूर्णिमाया लामाले सर्वोच्च अदालतमा उजुरी दिएकी थिइन । अदालतको आदेशअनुसार प्रहरीले जाहेरी बुझेपनि सो जाहेरी तामेलीमा राख्ने निर्णय भएपछि पूर्णिमाया पुनः सर्वोच्च गएकी थिइन । सापकोटा विरुद्ध पछि कनकमणि दीक्षित र सुशील प्याकुरेलले अलगअलग मुद्दा दर्ता गराएका थिए ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  १२ : ०२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान