१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कोरोना कहरबीच १ सय २ देशसँग वैदेशिक व्यापार



काठमाडौं । कोरोना कहरबीच चालू आर्थिक वर्ष २०७८/७९ प्रारम्भको पहिलो महिना गत साउनमा नेपालले संसारभरका विभिन्न १ सय २ वटा देशसँग व्यापार गरेको छ ।

वैदेशिक व्यापारका क्रममा नेपालले अधिकांश मुलुकसँग घाटाको कारोबार गरेकोमा बेलायत, अफगानिस्तानलगायतका १४ देशसँग भने नाफाको व्यापार गरेको पाइएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा बेलायत, कम्बोडिया, अफगानिस्तान, स्विडेन, स्लोभेनिया, न्यु क्यालेडोनिया, आर्मेनिया, रोमानिया, पोर्चुगल, स्लोभाकिया, जर्जिया, सेन्ट हेलेना, आइसल्यान्ड र क्रोएसियालगायत विभिन्न १४ वटा देशसँग नेपालले नाफाको व्यापार गरेको हो ।

साउन महिनामा वैदेशिक व्यापारमा नेपालले बेलायतसँग ११ करोड ३९ लाख रुपैयाँबराबरको नाफा गर्न सफल भएको हो । गत साउनमा नेपालले बेलायतबाट १७ करोड ६६ लाख रुपैयाँ बढीको मालवस्तु आयात गर्दा त्योभन्दा निकै बढी कुल २९ करोड ६ लाख रुपैयाँबराबरको मालवस्तु निर्यात गरेको थियो ।

नेपालले सोही अवधिमा नाफाको व्यापार गरेको अर्को दोस्रो देश कम्बोडिया हो । सो समीक्षा अवधिमा द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानसँग पनि नेपालले नाफाको व्यापार गरेको देखिन्छ । केही मुलुकमा नाफाको व्यापार गरे पनि पछिल्लो समय बढ्दो आयातका कारण ठूलो व्यपारघाटा झेलिरहेको नेपालको निर्यात भने न्यून रहेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार नेपालले गर्ने निर्यातको तुलनामा आयातको व्यापार निकै ठूलो र व्यापक रहेको छ । चालू आवको पहिलो महिना गत साउन महिनामा मात्रै नेपालले वैदेशिक व्यापारमा करिब १ खर्ब २९ अर्ब रुपैयाँ बढीको व्यापार घाटा बेहोर्नुपरेको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनमा नेपालले विभिन्न देशमा जम्मा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँबराबरको मालवस्तु निर्यात गर्दा १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बढीको मालवस्तु आयात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनाको तुलनामा चालू आवमा निर्यातमा १ सय १५ प्रतिशतको वृद्धि भए पनि आयात पनि उत्तिकै बढेको देखिन्छ ।

सो अवधिमा गत आवको तुलनामा आयातको व्यापार ७५ प्रतिशतले बढ्दा निर्यातको व्यापार भने १ सय १५ प्रतिशतले बढेको देखिएको विभागले जनाएको छ । गत आवको तुलनामा निर्यातको व्यापार उल्लेख्य बढ्नुमा तेलको व्यापारलाई लिइएको छ । चालू आवको पहिलो महिना साउनमा मात्रै ११ अर्ब ९३ करोड ५२ लाख रुपैयाँबराबरको तेल निर्यात भएको देखिन्छ । यस अवधिमा तेलजन्य वस्तुको आयात १२ अर्ब ७७ करोड रुपैयाँबराबरको भएको छ । खाने तेल र तेलजन्य वस्तुको निर्यातमा प्रमुख हिस्सा रहे पनि वैदेशिक व्यापारमा मात्रै नेपालले ८४ करोड १४ लाख ६६ हजार रुपैयाँ घाटा बेहोरिरहेको छ ।

यसैगरी, नेपालबाट धेरै निर्यात हुने वस्तुको सूचीहरूका दोस्रो स्थानमा भने तयारी पोसाक रहेको छ । भन्सार विभागका अनुसार गत साउनमा नेपालले विभिन्न देशमा १ अर्ब १२ करोड रुपैयाँबराबरको तयारी पोसाक निर्यात गरे पनि त्यसबाट ६४ करोड रुपैयाँ बढीको घाटा बेहोर्नुपरेको छ । विभिन्न देशमा गरिएको वैदेशिक व्यापारको अवस्थालाई यसरी समीक्षात्मक रूपले हेर्दा नेपालले चालू आवको पहिलो महिना गत साउनमै विभिन्न १ सय २ देशहरूसँग वैदेशिक व्यापार गर्दा सबैभन्दा बढी व्यापार घाटा भने छिमेकी देश भारत र चीनसँग रहेको देखिन्छ ।

भन्सार विभागले जनाएअनुसार गत साउन महिनामा नेपालले भारतबाट ८९ अर्ब ४८ करोड रुपैयाँबराबरको मालवस्तु आयात गर्दा १६ अर्ब ८६ करोड रुपैयाँबराबरको मात्रै मालवस्तु निर्यात गरेको देखिन्छ । भारतबाट मात्रै सो अवधिमा नेपालले ७२ अर्ब ६१ करोड रुपैयाँबराबरको घाटा बेहोर्नुपरेको छ ।

यसैगरी, यस समीक्षा अवधिमा नेपालले धेरै घाटाको व्यापार गरेको देशको दोस्रो स्थानमा चीन रहेको छ । चीनमा गरेको वैदेशिक व्यापारमार्फत नेपालले २० अर्ब ८८ करोड रुपैयाँ बढीको घाटा बेहोरेको देखिन्छ । नेपालले चीनबाट आयात गर्ने वस्तुको तुलनामा निर्यात ज्यादै न्यून छ । जसका कारण चीनसँग एकोहोरो व्यापार भएको जस्तो पनि देखिन्छ । विभागले गत साउन महिनामा चीनबाट २० अर्ब ९७ करोड रुपैयाँको मालवस्तु आयात गर्दा जम्मा ८ करोड २७ लाख ८५ हजार रुपैयाँबराबरको मालवस्तु मात्रै निर्यात गरेको पाइएको जनाएको छ ।

त्यसैगरी, नेपालले धेरै व्यापार घाटा बेहोरेका अन्य देशहरूमा अर्जेन्टिना, दुवई, इन्डोनेसिया, अस्ट्रेलिया, पाराग्वेलगायतका मुलुक रहेका छन् । सो अवधिमा कोरोना महामारीको संक्रमणबाट बच्ने उपायस्वरूप निर्मित विभिन्न स्वास्थ्य सामग्री तथा उपकरण बढी आयात गर्नुपरेका कारणले पनि अहिले छिमेकी देश चीनसँगको व्यापार घाटा बढ्न पुगेको सम्बन्धित सरोकारवालाले बताएका छन् ।

उनीहरूले हाल कोरोनाको संक्रमणबाट बच्ने उपायस्वरूप प्रयोग हुँदै आएका माक्स, ग्लोब्स, पीपीई सेट, अक्सिजन मेसिनलगायतका स्वास्थ्य सामग्री चीनबाट बढी ल्याइएकाले चीनसँग मुलुकको व्यापार घाटा थप बढेको बताएका छन् । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ६ : ४९ बजे

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)