१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

नेपाल-भारत मैत्रीपूर्ण खेल आज साँझ दशरथ रंगशालामा, खेल रंगशालाबाटै हेर्न पाइने



काठमाडौं । १३ औँ संस्करणको साफ च्याम्पियनसिप तयारी स्वरूप आज बिहीबार नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्दैछन् । घरेलु टोली नेपाल र भारतबीच बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा हुन लागेकाे हाे । दाेस्राे खेल आइतबार हुनेछ ।

साफ तयारीसँगै फिफा वरीयताका लागि निकै महत्वपूर्ण मानिएकाे याे मैत्रीपूर्ण खेलकाे नतिजा आफ्नाे पाेल्टामा पार्न दुबै टिमलाई दबाव छ ।

हाल फिफा वरीयतामा भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ औँ स्थानमा । भारत नेपाललाई हराएर फिफा वरीयतामा आफूभन्दा माथि रहेको प्यालेस्टाइन (१०२स्थान) माथि जान चाहन्छ । नेपाल पनि भारतलाई पराजित गरेर वरीयता सुधारकाे दाउमा छ । नेपाल ‘पोट १’ पुग्न चाहन्छ, किनकी उ सहज समूहको खोजीमा छ ।

यी दुई खेल मैत्रीपूर्ण मात्र नभई प्रतिष्ठाको लडाईँ पनि हाे । एएफसी कप तालिकामा राम्रो स्थान पाउन लडाईँ र आगामी साफमा उपाधि दाबेदारी प्रस्तुत गर्न नेपाल-भारत लागिपरेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भारतविरुद्ध गोर्खाली खेल खेल्ने र पराजित गर्ने टोलीको एउटै लक्ष्य हुने बताएका छन् ।

‘हामीले दुई महिनादेखि तयारी गरिरहेका छौँ । भारतभन्दा पनि हाम्रो लागि साफ च्याम्पियनसिप महत्वपूर्ण छ । यो एक मैत्रीपूर्ण खेल मात्रै हो । हाम्रो उद्देश्य जित मात्र हो,’ अब्दुल्लाहले भनेका छन् ।

नेपाली टोलीका कप्तान किरणकुमार लिम्बुले भारतविरुद्ध नतिजा महत्वपूर्ण हुने बताउँदै साफ अगाडि आफ्नो टोलीको कमीकमजोर पत्ता लगाउने अवसर रहेको बताए । ‘दुई महिना तयारीले राम्रो ‘सेप’मा छौँ । घरेलु मैदानमा कोभिडको महामारीमा पनि भारतसँग मैत्रीपूर्ण खेल खेल्न पाउनु राम्रो अवसर हो,’ उनले भने, ‘फिफा डेट’मा हुने भएकाले रिजल्ट महत्वपूर्ण छ । कमजोरी र स्ट्रेन्ट पत्ता लगाउन यो खेल महत्वपूर्ण छ ।’

यसअघि थ्रि नेसन्स कपमा राष्ट्रिय टोलीबाट संन्यास लिएका कप्तान विराज महर्जनको नाममा सर्वाधिक ७३ क्यापको रेकर्ड छ । यदी भारतविरुद्ध दुबै खेल खेले किरण नेपाल राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक क्याप जित्ने खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाउने छन् ।

हालसम्म नेपाल र भारतबीच १९ पटक भेट भएको छ । जसमा भारतले आफ्नो दबदबा कायम गरेको छ । हालसम्म भारतले १३ खेल जित्दा नेपालले दुई खेलमात्रै जितेको छ । चार खेल भने बराबरीमा सकिएका छन् । भारतले ३३ गोल गर्दा नेपालले नाै गोल मात्रै गरेको छ ।

भारतीय टोलीसमेत नेपालदेखि सजग रहनेछ । उपत्यकाको मौसममा खासै घुलमिल हुन नपाएको भारत नेपाली युवा टोलीसँग सजक रहने देखिन्छ । भारतीय टोलीका प्रशिक्षक इगोर स्टिम्याकले मौसमले साथ दिए राम्रो फुटबल खेल्न प्रयास गर्ने र यो खेल साफको लागि राम्रो तयारी हुने बताए ।

भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल्न कठिन हुने बताए । ‘जहिल्यै पनि नेपालविरुद्ध कठिन हुन्छ,’ उनले भने । नेपाल र भारतबीचको खेल हेर्न पाँच हजार एक सय दर्शकले रंगशाला प्रवेश पाउनेछन् । नेपाल सरकारले कोरोना मापदण्ड पूरा गर्दै दर्शक क्षमताको ३३ प्रतिशत स्वीकृत दिएको हो । खेल हेर्न पुग्ने दर्शकसँग कोरोना खोप कार्ड वा पिसिआर अनिवार्य हुनुपर्ने छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ८ : २९ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका