२४ माघ २०८२, शनिबार | February 7, 2026

नेपाली कांग्रेसको वडा अधिवेशन भदौ २६ सम्म सकिने



काठमाडौं । नेपाली कांग्रेसले वडा अधिवेशन भदौ २६ गतेसम्म सक्नेभएको छ ।

कांग्रेसले सबै जिल्लामा भदौ १८ गते वडा अधिवेशन गर्ने कार्यतालिका बनाए पनि एकैसाथ सम्पन्न नहुने देखिएपछि २६ गतेसम्म सक्ने योजना बनाएको हो ।

क्रियाशील सदस्यताको सूची प्रकाशित हुन ढिलाइ भएका कारण कतिपय वडाको अधिवेशन प्रभावित भएको हो । भदौ २७ गते गाउँ र नगर अधिवेशन हुने भएका कारण त्यसअघि सबै वडाको अधिवेशन सक्ने कांग्रेसले अपेक्षा गरेको छ ।

क्रियाशील सदस्यता प्रकाशित भएलगत्तै अनुकुल समयमा अधिवेशन आयोजना गर्न जिल्ला कार्यसमितिलाई अधिकार दिइएको छ ।

हालसम्म ५६ जिल्लाका क्रियाशील सदस्यको सूची प्रकाशित भैसकेको छ । थप २१ जिल्लाले भने क्रियाशील सदस्यताको सूची नपाउँदा वडा अधिवेशनको मिति तय गर्न सकेका छैनन् ।

सूची प्रकाशित भएका जिल्लामा समेत सबैमा एकैपटक भदौ १८ मा वडा अधिवेशन नहुने भएको छ। दुई दिनअघि सूची प्रकाशित भएको बागलुङले भदौ २१ मा वडा अधिवेशन गर्ने भएको छ। ‘जिल्ला कार्यसमितिले तय गरेको मिति अनुसार वडा अधिवेशन भदौ २६ सम्म गर्दा हुन्छ’, केन्द्रीय सदस्य प्रदीप पौडेलले भने।

कांग्रेसले किस्ता किस्तामा नामावली प्रकाशित गर्दै आएको छ। नामावलीको सूची प्राप्त नहुँदा २१ जिल्लाले वडा तहको अधिवेशनको मिति तोक्न सकेका छैनन्।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  १२ : ०० बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको