१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कांग्रेसको वडा अधिवेशन आजबाट सुरु



काठमाडौं । कांग्रेसले आजबाट वडा अधिवेशन प्रारम्भ गरेर १४ औं महाधिवेशन प्रक्रियाको सुरुआत गर्दैछ । सबै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको छैन । त्यसैले कांग्रेस चरणबद्ध वडा अधिवेशनमा जुट्ने भएको छ ।

महाधिवेशनको मुखमा पार्टीभित्र अनेक समस्या देखिन थालेका छन् । कोरोना महामारीले महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट परेको छ । दलित र मुस्लिम समुदायको प्रतिनिधित्व घटाउने षड्यन्त्र गरिएको भन्दै पार्टीभित्र तीव्र असन्तुष्टि देखिएका छन् । विवादकै कारण क्रियाशील सदस्यताको सूची सार्वजनिक हुन सकेको छैन ।

महाधिवेशन प्रतिनिधि एवं बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेश रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता गरे । उनले कोरोना संक्रमण बढिरहेको बेला महाधिवेशन स्थगित गर्न रिट दर्ता गराएको बताए । उनले भने, ‘महाधिवेशन अवरोध गर्ने मेरो उद्देश्य हैन । जनताको मन जित्न सबैलाई खोप उपलब्ध गराएर मात्र भव्य महाधिवेशनमा जाऊँ । अहिलेलाई स्थगित गरौं भन्ने हो ।’

केन्द्रीय सदस्य मीन विश्वकर्माले दलित प्रतिनिधित्व घटाएको भन्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् । आफ्नै पार्टीको सरकार भएका बेला खोपको व्यवस्था गरेर मात्र महाधिवेशन गर्नुपर्ने उनको तर्क छ । २०७९ जेठ ३० गतेसम्म महाधिवेशन गर्न नहुने उनको माग छ । उक्त रिटको आइतबार पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । कांग्रेसका नेता विश्वकर्माले पार्टीको केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले पार्टीले महाधिवेशनका लागि बनाएको निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउँदै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै राजीनामा दिएका हुन् ।

‘पार्टीले स्थापना कालदेखि नै जातीय, क्षेत्रीय र लैंगिक समावेशितालाई नवौं महाधिवेशनबाट क्रमशः स्थानीय वडा तहदेखि केन्द्रसम्म प्रयोग गर्दै आएको र ११ औं, १२ औं र १३ औं महाधिवेशनमा विधानबमोजिम प्रत्येक वडाबाट न्यूनतम ५ जनामा १ जना, ७ जनामा १ र ९ मा १ जना तथा, निर्वाचन क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिँदै आएको थियो,’ उनले राजीनामा पत्रमा लेखका छन्, ‘यसपटक विधानको गलत व्याख्या गर्दै बनाएको असमावेशी निर्देशिकामा दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरिएको उल्लेख गरेका छन् ।’

दलित समुदायलाई अपमान र अन्याय हुने गरी षड्यन्त्रपूर्वक निर्देशिका बनाइएका कारण आफूले राजीनामा दिएको विश्वकर्माले बताए । विश्वकर्माको राजीनामापछि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको आगामी वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

देउवाले पार्टी केन्द्रीय सदस्यद्वय विश्वकर्मा तथा जीवन परियारलाई बिहीबार बालुवाटार बोलाएर छलफल गरेका थिए । ‘सभापति ज्यूले आश्वासन दिनुभएको छ । यद्यपि, निर्देशिकामा उक्त कुरा नसमेटिएकाले हाम्रो माग यथावत् नै छन्,’ विश्वकर्माले भने ।

दलित समुदायको वडाबाट क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन-महासमितिसम्म अनिवार्य प्रतिनिधित्वको माग गर्दै नेपाल दलित संघले केन्द्रीय कार्यालयमा बुधबार धर्नासमेत दिएको थियो। केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी भन्छन्, ‘हतारमा अधिवेशन गर्दा निस्किएका समस्या हुन् । क्लस्टरहरू छुट्ट्याइएका छन् । जसले गर्दा दलितलगायत पिछडिएका समुदायलाई अन्याय गरेको छ ।’

कांग्रेसको भातृसंगठन नेपाल मुस्लिम संघले संविधानले आरक्षण गरेको कोटा हटाएको भन्दै धर्नामा बसेर विरोध गरेका छन् । कांग्रेसको निर्वाचन निर्देशिकामा आरक्षण कोटा हटाएको प्रति ध्यानाकर्षण गर्दै नेपाल मुस्लिम संघ गण्डकी प्रदेश र जिल्ला कार्यसमिति स्याङ्जाको संयुक्त आयोजनामा कांग्रेस पार्टी कार्यालयको मूल गेटमा धर्नामा बसेर विरोध गरेका हुन् ।

कांग्रेसले विधानअनुसार सबैभन्दा तल्लो तहको संरचनाअन्तर्गत पर्ने वडा तहको अधिवेशन १८ भदौबाट सुरु गरेर २३ गतेभित्र सक्ने गरी तयारी गरेको छ । सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेका जिल्लामा विस्तारै हुँदै जाने मुख्य सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिए ।

जिल्लामा हुने निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा राधा खनालले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ७ : ३२ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।