२४ माघ २०८२, शनिबार | February 7, 2026

सहकर्मीको हत्या गर्ने सैनिक जवानलाई जन्मकैद



काठमाडौं । आफ्नै साथीको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई सैनिक अदालतले जन्मकैदको फैसला गरेको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले बिहीबार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान ढकाललाई २५ वर्ष कैद सजाय सुनाएको हो ।

उनलाई कर्तव्य ज्यान, बैंकिङ कसुर र हातहतियार खरखजाना मुद्दामा संलग्न भएको भन्दै सैनिक अदालतले भविष्यमा सरकारी सेवामासमेत अयोग्य ठहरिने गरी फैसला गरेको हो । नेपाली सेनाका सहायक रथीसमेत रहेका सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालले सैनिक अदालतले ढकाललाई २५ वर्ष कैद सजाय सुनाएको जानकारी दिए ।

महेन्द्र दल गणमा नै कार्यरत आफ्नै साथी हुद्दा भरत गुरुङको हत्या गरेको भन्दै प्रहरीले उनलाई ७ साउनमा चितवनको टाँडीबाट पक्राउ गरेको थियो । गुरुङको शव चितवनको भरतपुर महानगरपालिका-१७ सिमलडाँडा खेतको नहरमा भेटिएको थियो ।

प्रहरी अनुसन्धानले कालीबहादुर गणबाट चोरिएको सट मेसिन गन ‘एसएमजी’ प्रयोग गरेर गुरुङको हत्या गरिएको भनेको छ । सो हतियार चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङबारे भने फैसला आउन बाँकी छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ७ : ४७ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको