१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

सहकर्मीको हत्या गर्ने सैनिक जवानलाई जन्मकैद



काठमाडौं । आफ्नै साथीको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई सैनिक अदालतले जन्मकैदको फैसला गरेको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले बिहीबार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान ढकाललाई २५ वर्ष कैद सजाय सुनाएको हो ।

उनलाई कर्तव्य ज्यान, बैंकिङ कसुर र हातहतियार खरखजाना मुद्दामा संलग्न भएको भन्दै सैनिक अदालतले भविष्यमा सरकारी सेवामासमेत अयोग्य ठहरिने गरी फैसला गरेको हो । नेपाली सेनाका सहायक रथीसमेत रहेका सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालले सैनिक अदालतले ढकाललाई २५ वर्ष कैद सजाय सुनाएको जानकारी दिए ।

महेन्द्र दल गणमा नै कार्यरत आफ्नै साथी हुद्दा भरत गुरुङको हत्या गरेको भन्दै प्रहरीले उनलाई ७ साउनमा चितवनको टाँडीबाट पक्राउ गरेको थियो । गुरुङको शव चितवनको भरतपुर महानगरपालिका-१७ सिमलडाँडा खेतको नहरमा भेटिएको थियो ।

प्रहरी अनुसन्धानले कालीबहादुर गणबाट चोरिएको सट मेसिन गन ‘एसएमजी’ प्रयोग गरेर गुरुङको हत्या गरिएको भनेको छ । सो हतियार चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङबारे भने फैसला आउन बाँकी छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ७ : ४७ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय