६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाली सेनामा भर्ना खुल्यो, २ हजार ९६ जना माग



काठमाडौं । नेपाली सेनामा भर्ना खुलेको छ । सेनाले शुक्रबार एक सूचना जारी गर्दै चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो । सबैभन्दा बढी खुलातर्फ २ हजार ९६ सिट संख्या छ ।

यसैगरी, कर्तव्यपालनको सिलसिलामा अशक्तरमृत्यु भएका नेपाली सेनाका सन्ततिका लागि १०८, महिलाका लागि ३६०, आदिवासी जनजातिका ५७३, मधेसीका लागि ५०५, दलितका लागि २७३ र पिछडिएका क्षेत्रका लागि ८५ सिट छुट्याइएको छ ।

योग्यता पुगेका उम्मेदवारले १६ असोजसम्म दरखास्त पेश गर्न सक्नेछन् भने २४ असोजसम्म दोब्बर दस्तुर बुझाएर पनि दस्खास्त दिन सकिनेछ ।

दरखास्त जंगी अड्डाको हकमा नारायणहिटीस्थित नेपाल क्याभलरी र उत्तरतर्फको खेल मैदान तथा अन्य भर्नाकेन्द्रमा सम्बन्धित केन्द्रमै दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

सैन्य पदका लागि दरखास्त दिन कम्तिमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ । पुरुषको हकमा उचाईँ न्यूनतम पाँच फिट तीन इन्च र महिलाको हकमा पाँच फिट हुनुपर्नेछ ।

पुरुषको हकमा तौल ५० किलो र महिलाको हकमा ४० किलो कायम गरिएको छ । यसैगरी, पुरुषको हकमा छाती नफुलाउँदा न्यूनतम ३२ इन्च र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ९ : ०६ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ