१२ बैशाख २०८१, बुधबार | April 24, 2024

कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया सुरु, आज अधिकांश जिल्लामा वडा अधिवेशन



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया आजबाट सुरु भएको छ । महाधिवेशन प्रक्रियाअन्तर्गत आजबाट देशभरका वडा अधिवेशन हुन लागेको छ ।

पटकपटक मिति सार्दै मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन आयोजनाको कार्यतालिका बनाएको कांग्रेसले आज अधिकांश जिल्लामा वडा अधिवेशन गर्नलागेको हो । तर, केही जिल्लामा भने क्रियाशील सदस्यता विवाद समाधान नभएका कारण आज अधिवेशन सुरु हुन सकेन । यद्यपी, ती जिल्लाका वडामा पनि भदौ २६ गतेसम्म अधिवेशन सम्पन्न गर्ने कांग्रेसले जनाएको छ । वडा अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन प्रतिनिधिहरु पुगेका छन् ।

वडा अधिवेशन सकिएपछि भदौ २७ गतेबाट जिल्ला र प्रदेश अधिवेशन सुरु हुनेछ । कांग्रेसका हरेक क्रियाशील सदस्य वडा अधिवेशनका लागि मतदाता रहन्छन् । त्यसैकारण क्रियाशील सदस्यताको विषय कांग्रेसमा निकै पेचिलो बन्ने गर्छ ।

यसैबीच वडा अधिवेशन सुरु हुनुअघि सभापति शेरबहादुर देउवाले भिडियो सन्देश जारी गर्दै लोकतान्त्रिक प्रक्रियाअनुसार सौहार्दपूर्ण ढंगले अधिवेशन सम्पन्न गर्न आग्रह गरेका छन् । सभापति देउवाले कोरोना महामारीका बीच हुनलागेको महाधिवेशन प्रक्रियामा भौतिक दूरी कायम गर्दै अधिवेशन सम्पन्न गर्न र महाधिवेशनलाई पर्वको रुपमा लिन अनुरोध गरेका हुन् ।

महाधिवेशनमार्फत सशक्त कांग्रेस बनाउने अभियानमा लागेको बताउँदै देउवाले भनेका छन्, ‘पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफुलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै, ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्‍याउनु हुनेछ।’

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १० : ०८ बजे

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न