२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया सुरु, आज अधिकांश जिल्लामा वडा अधिवेशन



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया आजबाट सुरु भएको छ । महाधिवेशन प्रक्रियाअन्तर्गत आजबाट देशभरका वडा अधिवेशन हुन लागेको छ ।

पटकपटक मिति सार्दै मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन आयोजनाको कार्यतालिका बनाएको कांग्रेसले आज अधिकांश जिल्लामा वडा अधिवेशन गर्नलागेको हो । तर, केही जिल्लामा भने क्रियाशील सदस्यता विवाद समाधान नभएका कारण आज अधिवेशन सुरु हुन सकेन । यद्यपी, ती जिल्लाका वडामा पनि भदौ २६ गतेसम्म अधिवेशन सम्पन्न गर्ने कांग्रेसले जनाएको छ । वडा अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन प्रतिनिधिहरु पुगेका छन् ।

वडा अधिवेशन सकिएपछि भदौ २७ गतेबाट जिल्ला र प्रदेश अधिवेशन सुरु हुनेछ । कांग्रेसका हरेक क्रियाशील सदस्य वडा अधिवेशनका लागि मतदाता रहन्छन् । त्यसैकारण क्रियाशील सदस्यताको विषय कांग्रेसमा निकै पेचिलो बन्ने गर्छ ।

यसैबीच वडा अधिवेशन सुरु हुनुअघि सभापति शेरबहादुर देउवाले भिडियो सन्देश जारी गर्दै लोकतान्त्रिक प्रक्रियाअनुसार सौहार्दपूर्ण ढंगले अधिवेशन सम्पन्न गर्न आग्रह गरेका छन् । सभापति देउवाले कोरोना महामारीका बीच हुनलागेको महाधिवेशन प्रक्रियामा भौतिक दूरी कायम गर्दै अधिवेशन सम्पन्न गर्न र महाधिवेशनलाई पर्वको रुपमा लिन अनुरोध गरेका हुन् ।

महाधिवेशनमार्फत सशक्त कांग्रेस बनाउने अभियानमा लागेको बताउँदै देउवाले भनेका छन्, ‘पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफुलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै, ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्‍याउनु हुनेछ।’

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  १० : ०८ बजे

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

संयुक्त राष्ट्रसङ्घ । लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका-इरानबीच

‘अनलाइन’बाट मतदाता नाम दर्ता

तनहुँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौं । विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’ बाटै

काठमाडौं । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर