१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एमसीसी खारेजीको माग गर्दै अमेरिकी दूतावासअगाडि प्रदर्शन



काठमाडौं । अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेशन)एमसीसी विरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको छ ।

नेपालले एमसीसी खारेज गर्नुपर्ने मागसहित काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि युवाहरुले प्रर्दशन गरेका हुन ।

एमसीसी खारेज राष्ट्रिय अभियानको नाममा केही युवाले उच्च सुरक्षा घेरामा रहँदे आएको दूतावास अगाडिको सडकमै प्रदर्शन गरेका हुन् । १० जना प्रदर्शनकारी युवालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।

नेपालमा एमसीसी विवादस्पद रहँदै आएको छ । एमसीसी सम्झौतामा राष्ट्रघाती बुँदाहरु रहेको भन्दै नेकपा (माओवादी केन्द्र), नेकप (एकीकृत समाजवादी) लगायतका दलहरुले सम्झौता संशोधन नभै अनुमोदन गर्न नसकिने बताउँदै आएका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा भने जसरी पनि एमसीसी पारित गर्नुपर्ने अडानमा रहेका छन् ।

नेपालमा राष्ट्रिय सहमति नभैसकेको समयमा नेपाल सरकारलाई दबाब दिन एमसीसीका उपाध्यक्ष फतिमा सुमार अर्को हप्ता काठमाडौं आउँदैछिन् । सुमारले प्रधानमन्त्री देउवा लगायत राजनीतिक दलका नेताहरुसँग भेट गर्ने बताइएको छ । एमसीसी जसरी पनि पारित गर्न नेपाल सरकार र राजनीतिक दलहरुलाई दबाब दिनैका लागि काठमाडौं आउन लागेको बताइएको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १२ : २१ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष