२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

एमसीसी खारेजीको माग गर्दै अमेरिकी दूतावासअगाडि प्रदर्शन



काठमाडौं । अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेशन)एमसीसी विरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको छ ।

नेपालले एमसीसी खारेज गर्नुपर्ने मागसहित काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि युवाहरुले प्रर्दशन गरेका हुन ।

एमसीसी खारेज राष्ट्रिय अभियानको नाममा केही युवाले उच्च सुरक्षा घेरामा रहँदे आएको दूतावास अगाडिको सडकमै प्रदर्शन गरेका हुन् । १० जना प्रदर्शनकारी युवालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।

नेपालमा एमसीसी विवादस्पद रहँदै आएको छ । एमसीसी सम्झौतामा राष्ट्रघाती बुँदाहरु रहेको भन्दै नेकपा (माओवादी केन्द्र), नेकप (एकीकृत समाजवादी) लगायतका दलहरुले सम्झौता संशोधन नभै अनुमोदन गर्न नसकिने बताउँदै आएका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा भने जसरी पनि एमसीसी पारित गर्नुपर्ने अडानमा रहेका छन् ।

नेपालमा राष्ट्रिय सहमति नभैसकेको समयमा नेपाल सरकारलाई दबाब दिन एमसीसीका उपाध्यक्ष फतिमा सुमार अर्को हप्ता काठमाडौं आउँदैछिन् । सुमारले प्रधानमन्त्री देउवा लगायत राजनीतिक दलका नेताहरुसँग भेट गर्ने बताइएको छ । एमसीसी जसरी पनि पारित गर्न नेपाल सरकार र राजनीतिक दलहरुलाई दबाब दिनैका लागि काठमाडौं आउन लागेको बताइएको छ ।

 

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  १२ : २१ बजे

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

संयुक्त राष्ट्रसङ्घ । लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका-इरानबीच

‘अनलाइन’बाट मतदाता नाम दर्ता

तनहुँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौं । विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’ बाटै

काठमाडौं । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर