६ पुस २०८२, आइतबार | December 21, 2025

संवैधानिक इजलासमा प्रधानन्यायाधीस रहनैपर्ने अन्तरिम आदेश विरुद्ध भ्याकेट



काठमाडौं । प्रधानन्यायाधीसबाहेको संवैधानिक इजलास गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरुद्ध सर्वोच्चमा भ्याकेट निवेदन परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार अन्तरिम आदेश विरुद्ध भ्याकेट निवेदन हालेका हुन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विषयको टुंगो नलागेसम्म संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको मुद्दा अघि नबढाउन न्यायाधीस हरि फुयाँलको एकल इजलासले हिजो अन्तरिम आदेश जारी गरेको थियो । वरिष्ठ अधिवक्ता त्रिपाठीले सो अन्तरिम आदेश खारेजीको माग गर्दै पूरक निवेदन पेश गरेका हुन् । सर्वोच्च प्रशासनले सो निवेदनमाथि अध्ययन गर्ने जनाएको छ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा लामो समयपछि मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढेको थियो। तर, गत शुक्रबार भएको पहिलो सुनुवाइको क्रममा कानून व्यवसायीहरुले प्रधानन्यायाशीधसलाई नै विपक्षी बनाइएको मुद्दामा उनी बस्न नहुने भन्दै विरोध गरेका थिए । त्यसपछि प्रधानन्यायाधीस स्वयंले आफु इजलासबाट बाहिरिने निर्णय सुनाएका थिए ।
उनले संवैधानिक इजलासको पेशी तोक्ने जिम्मा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीलाई दिन सहमत भएका थिए ।

पेशी तोक्ने दिन र मुद्दाको फैसला हुने दिन जबराले आफुलाई ‘सुनुवाइबाट अलग हुने’ गरी विदामा बस्ने निर्णय सुनाएका थिए ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ३ : ३० बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा