७ आश्विन २०८३, बुधबार | September 23, 2026

संवैधानिक इजलासमा प्रधानन्यायाधीस रहनैपर्ने अन्तरिम आदेश विरुद्ध भ्याकेट



काठमाडौं । प्रधानन्यायाधीसबाहेको संवैधानिक इजलास गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरुद्ध सर्वोच्चमा भ्याकेट निवेदन परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार अन्तरिम आदेश विरुद्ध भ्याकेट निवेदन हालेका हुन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विषयको टुंगो नलागेसम्म संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको मुद्दा अघि नबढाउन न्यायाधीस हरि फुयाँलको एकल इजलासले हिजो अन्तरिम आदेश जारी गरेको थियो । वरिष्ठ अधिवक्ता त्रिपाठीले सो अन्तरिम आदेश खारेजीको माग गर्दै पूरक निवेदन पेश गरेका हुन् । सर्वोच्च प्रशासनले सो निवेदनमाथि अध्ययन गर्ने जनाएको छ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा लामो समयपछि मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढेको थियो। तर, गत शुक्रबार भएको पहिलो सुनुवाइको क्रममा कानून व्यवसायीहरुले प्रधानन्यायाशीधसलाई नै विपक्षी बनाइएको मुद्दामा उनी बस्न नहुने भन्दै विरोध गरेका थिए । त्यसपछि प्रधानन्यायाधीस स्वयंले आफु इजलासबाट बाहिरिने निर्णय सुनाएका थिए ।
उनले संवैधानिक इजलासको पेशी तोक्ने जिम्मा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीलाई दिन सहमत भएका थिए ।

पेशी तोक्ने दिन र मुद्दाको फैसला हुने दिन जबराले आफुलाई ‘सुनुवाइबाट अलग हुने’ गरी विदामा बस्ने निर्णय सुनाएका थिए ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ३ : ३० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई