६ पुस २०८२, आइतबार | December 21, 2025

वामदेव गौतमद्वारा एमाले परित्याग



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् ।

उपाध्यक्ष गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङलाई बुझाएका छन् ।

गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखेको राजीनामा पत्र आज साँझ पार्टी कार्यालयमा बुझाएका हुन् ।

गौतम नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । नेकपा विभाजन भएपछि संस्थापन र माधव नेपाल समुहमध्ये कतै नलागी पार्टी एकताको अभियान चलाएका थिए । तर बीचबीचमा पार्टीको संस्थापन पक्षले आयोजना गरेको स्थायी कमिटी बैठकमा भने उनी उपस्थित भएर आफ्ना कुरा राख्दै फर्किने गरेका थिए ।

गौतम तत्कालिन नेकपाको तर्फबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए । उनकी पत्नी तुलसा गौतम प्रतिनिधिसभाका सांसद हुन् ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ६ : ५४ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा