२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नेपालगन्ज विमानस्थलबाट ४ किलो बढी सुन सहित २ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज स्थित राँझा विमानस्थलबाट ४ किलो बढी सुन सहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार श्री एयरलायन्सको मध्यान्हको काठमाण्डौं देखि नेपालगन्ज आएको विमानमा सवार झापाका अमिर लगुन विश्वकर्मा र मोरंगका वुद्धिमान खातीलाई ४ किलो बढी सुन सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेको २ जना सहित बरामद भएको सुन जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव प्रहरी उपरिक्षक मधुसुधन न्यौपानेले राझाँ एयरपोर्टबाट काठमाण्डौ बाट नेपालगंज आएको श्री एयर लाएन्सको फ्लाईट नं क्ज्ब् द्धघघ नं को प्लेनबाट २ बजेको समयमा नेपलगंज आएका २ जनाबाट ४ केजी २१ दशमलव ४९ ग्राम सुन बरामद भएको जानकारी दिए ।

न्यौपानेका अनुसार अमिल लगुन विश्वकर्माले लगाएको दाँया र वाँया जुत्तामा रहेको २र२ थान सुनको विस्कुट र बुद्धिमान खातीले लगाएको दाँया र वाँया जुत्ताको तलुवा मुनीबाट १।१ पिस विस्कुट गरि जम्मा ६ थान विस्कुट तथा बुद्धिमान खातीले बोकेको लेदरको कालो रंगको झोलाबाट सुनको तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थान समेत गरि जम्मा ४ किलो २१.४९ ग्राम सुन फेला परेको थियो ।

दुबैजनामाथि प्रहरीले थप अनुसन्धान शुरु गरेको डीएसपी न्यौपानेले बताए ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ९ : ४३ बजे

पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको हत्या, अभियुक्त पक्राउ

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी

उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज (चैत २६) उम्मेदवारी

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले