११ कार्तिक २०८३, बुधबार | October 29, 2026

कोरानाले मनोसमस्या



काठमाडौं । दुई वर्षयता विश्वभरि फैलिएको कोभिड-१९ का कारण बालबालिका विद्यालय जानबाट वञ्चित छन् ।

टोलछिमेकका साथीसँग खेल्न र भेट्नसमेतरोक लगाइएको छ । लामो समय घरभित्रै बसेर अनलाइन कक्षामा पढिरहनुपर्ने बाध्यताका कारण बालबालिकामा सामान्यदेखि गम्भीर खालका मनोसमस्या बढिरहेको पाइएको छ ।

एक साताअघि काठमाडौंकी १३ वर्षीया बालिकाले पत्तीले हात काटेर आत्महत्या गर्ने प्रयास गरेपछि अभिभावकले उपचारका लागि कान्ति बाल अस्पताल पुर्‍याए । आत्महत्याको प्रयास गर्नुअघि ती बालिका इन्स्टाग्राम, टिकटक बढी समय गुजार्ने र सामाजिक सञ्जालमा आफूलाई हेर्न चाहने गर्थिन् । उपचारपछि उनी सामान्य अवस्थामा आइरहेको बाल मानसिक रोग विशेषज्ञ डा.अरूण कुँवरले बताए। यो वर्ष दैनिक १४ देखि २२ जनाले आत्महत्या प्रयास गरेको तथ्यांक छ ।

काठमाडौंकै १२ वर्षीय बालकले घरबाहिर निस्कन नमान्ने, कोरोना सर्छ भन्दै अविभावकलाई घरबाहिर निस्कन नदिने, घरीघरी हात धुनेजस्ता गतिविधि गरेपछि उपचारका लागि उनलाई पनि दुई साताअघि कान्ति बाल अस्पतालमा पु¥याइयो । उपचारपछि बालक पनि सामान्य हुँदै गइरहेको डा.कुँवरले बताए ।

गत वर्ष काभ्रेका १७ वर्षीय युवकले लकडाउनकै अवधिमा आत्महत्याको प्रयास गरेका थिए । घरबाट कामकै सिलसिलामा सिन्धुली पुगेका उनी लकडाउनमा उतै फसेपछि आफूलाई दिक्क मान्ने गरेको बताएका थिए । लकडाउन लम्बिँदै गएपछि उनले आत्महत्याको प्रयास गरेका थिए । गाउँलेको सहयोगमा उनको उद्धार भएको थियो ।

दोस्रो लकडाउन लामो बनेपछि दोलखाकी एक १७ वर्षीया किशोरीले पढाइरोकिएको चिन्तामा आत्महत्या गर्ने सोच आएको थियो । उनमा असामान्य गतिविधि बढ्दै गएपछि अविभावकले मनोविद् कञ्चन रावतकहाँ पुर्‍याए । उनले बारम्बार पढाइ रोकिएर भविष्य अन्धकारमा गयो भन्ने चिन्ता मात्र पोख्ने गरेकी थिइन्। मानसिक रोगको उपचारपछि उनी सामान्य अवस्थामा फर्केको रावतले जानकारी दिइन् ।

डा.कुँवरका अनुसार यी दुवै बालबालिका कोभिड-१९ र निषेधाज्ञाले घरबाहिर निस्कन नपाउनु, घरबाहिरको खेलकुदमा सहभागी हुन नपाउनुर प्रत्यक्ष अन्तरसंवादबाट वञ्चित भएकाले उनीहरूमा विभिन्न खालका मनोसमस्या बढेको छ । उनीहरूमा डर लाग्ने, डिपे्रसन हुने, पढ्न मन नगर्ने, ग्याजेट बढी चलाउने, निद्रा नलाग्ने र अन्य खालका मनोसमस्या बढिरहेको छ ।

नेपालमा कोरोना संक्रमण फैलिएपछि बालबालिका तथा युवा उमेर समूहमा समेत मानसिक समस्या बढेको छ । आजको नागरिक दैनिकमा पवित्रा सुनारले यो समाचार लेखेकी छिन ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ७ : ३४ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय