६ पुस २०८२, आइतबार | December 21, 2025

५१ किलो लागुऔषध गाँजासहित ४ जना पक्राउ



काठमाडौं । ५१ किलोग्राम लागुऔषध गाँजासहित चितवन प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बिभिन्न चार जनाको साथबाट बिभिन्न समयमा उक्त गाँजा बरामद गरिएको चितवन प्रहरीले जनाएको छ ।

काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको ना ७ ख ५०११ नम्बरको रात्री बसबाट चितवन रत्ननगर नगरपालिका-१५ माधवपुरका २७ वर्षीय सोनाम बाइवाको साथबाट ७ किलो, कालिका नगरपालिका-८ कालिकाटोलका २५ वर्षीय विमल तामाङबाट ६ किलो र बूढानीलकन्ठ नगरपालिका-३ तउलुङका २० वर्षीय राजकुमार तामाङको साथबाट ३ किलो गाँजा बरामद गरिएको चिवन प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

यस्तै १५ माघ २०७६ मा चितवन राप्ती नगरपालिका-१ नयाँबस्तीमा ना २ ह ५८८० नम्बरको अटो रिक्साबाट ७ वटा पोकामा ३५ किलोग्राम गाँजा फेला पारी फरार रहेका सोही ठाउँका २० वर्षीय मिनराज घलानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद लिई थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ८ : २० बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा