२२ बैशाख २०८१, शनिबार | May 4, 2024

छ करोड लगानीमा गैंडाकोटमा किसान मार्ट सञ्चालनमा



गैंडाकोट । गैंडाकोटमा रु छ करोडभन्दा बढी लगानीमा किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले ‘किसान मार्ट’ सञ्चालनमा ल्याएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गैँडाकोट–४ स्थित गैँडाकोट एग्रो मार्ट परिसरभित्र सो मार्टको उद्घाटन गरेका छन् ।

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रवद्र्धन गरेको किसान मार्ट किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने संस्थाका अध्यक्ष तिलकप्रसाद पराजुलीले बताए। ७५ हजारभन्दा बढी सदस्य रहेको सहकारीका ५०० शेयर सदस्यको लगानीमा किसान मार्ट सञ्चालन भएको पराजुलीको भनाइ छ ।

विशेषगरी गैंडाकोट नगरपालिका– १, २, ३ र ४ तथा अन्य वडाकासमेत नगरवासीको सुविधालाई ध्यानमा राखी किसान मार्ट सञ्चालन गरिएको पराजुलीले बताए। मार्टमा स्थानीयले दैनिक उपभोग्य वस्तु सहजरुपमा प्राप्त गर्न सक्नेछन् ।

आगामी दशैँ, तिहारसम्म किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले गैंडाकोट नगरपालिकाभित्रका थप तीन स्थानमा मार्ट सञ्चालनको तयारी गरेको छ । दुई महिनाभित्र सहकारीले गैँडाकोटको वडानं ८, १० र १२ मा मार्ट सञ्चालन गर्ने गरी काम थालेको किसान उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पराजुलीले बताए ।

किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको किसान मार्टले स्थानीयले उत्पादन गरेको वस्तु तथा सेवाको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य लिएको छ । किसान मार्टको प्रवद्र्धक संस्था किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसेले स्थानीयले उत्पादन गरेका वस्तु तथा सेवा किसान मार्टमार्फत बिक्रीवितरण गर्ने योजना रहेको जानकारी दिए ।

महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण र अर्गानिक खाद्य वस्तुको प्याकेजिङ गर्ने योजनासमेत रहेको चालिसेको भनाइ छ । किसानले उत्पादन गरेका वस्तुु तथा सेवाको सहजरुपमा बजारीकरण र सहुलियत दरमा उपभोक्तालाई बिक्रीवितरण गर्नु नै मार्टको लक्ष्य रहेको अध्यक्ष चालिसेले बताए ।

स्थानीय उत्पादन अदुवा बेसार, दाल, चामल, धान, मकैलगायत खाद्यान्न सामग्रीलाई प्याकेजिङ गरी गुणस्तर कायम हुने गरी मार्टमार्फत उपलब्ध गराइने उनको भनाइ छ । आगामी दुई वर्षभित्र किसान ब्राण्डको शुद्ध खाने तेल उत्पादन गरी उपभोक्तामाझ लैजानेसमेत योजना रहेको अध्यक्ष चालिसेले जानकारी दिए । किसान मार्टमा हाल ११ जनाले प्रत्यक्षरुपमा रोजगारीको अवसर पाएका छन् ।

कम मुनाफा र सेवा भावले सञ्चालन गरिएको किसान मार्टलाई राष्ट्रियस्तरमा लैजाने गरी सञ्चालन गरिएको बताइएको छ । तीनखम्बे अर्थनीतिको महत्वपूर्ण पाटोका रुपमा सहकारी संस्था रहेको भन्दै गैँडाकोटका नगरप्रमुख छत्रराज पौडेलले ‘एक सहकारी एक उत्पादन’ मा जोडदिनुपर्ने बताए । सहकारी उत्पादनमा केन्द्रित हुनुपर्ने भन्दै पौडेलले उत्पादनमैत्री लगानी हुनुनपर्ने आवश्यकता देखाए ।

गैंडाकोट नगरपालिकाबाट जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरमा स्थानीय उत्पादन पु¥याउने किसान मार्टको तयारी छ । यहाँको उत्पादन प्रवद्र्धनमा स्थानीय तथा प्रदेश सरकारले समन्वय गर्नुपर्नेमा किसान उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पराजुलीको भनाइ छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ३ : १७ बजे

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न

कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन, यहाँका जनताको आर्थिक एवं सामाजिक विकासमा लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

सर्लाही । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको

सुदूरपश्चिमको प्रदेश सभा बैठक आजपनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि