१६ चैत्र २०८२, सोमबार | March 30, 2026

७६१ वटा सिंहदरबार देशले थेग्न सक्दैन : प्रभु साह



काठमाडौं । पूर्वमन्त्री प्रभु साहले ७६१ सिंहदरबारको भार देशले थेग्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित काठमाडौं(प्रदेश २ सम्पर्क मञ्चसँगको छलफलका क्रममा पूर्वमन्त्री साहले नेपालको सन्दर्भमा ७६१ वटा सरकार रहने व्यवस्था लादेर मुलुकलाई अस्तव्यस्त बनाएको टिप्पणी गरे ।

क्षेत्रफलमा विशाल र आर्थिक रूपमा अग्रस्थानमा रहेका देशहरूमा ५०/६० वटा मात्र सरकार रहेको भन्दै उनले नेपालमा गलत ढंगले सयौं सरकार जन्माइएको बताए ।

उनले संसारमा कहिँ पनि नभएको ७६१ वटा सरकार नेपालमा मात्र रहेको, शासक वर्गलाई आरक्षण नेपालमा मात्र रहेको, पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र रहेको, अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिनेजस्ता व्यवस्थाहरू नेपालमा मात्र रहेकोले देशलाई खोक्रो बनाउने कार्य भइरहेको टिप्पणी गरे ।

‘संसारमा काहिँ नभएको तीन तहको सरकार नेपालमा छ । दर्जनौ संवैधानिक निकाय नेपालमा मात्र छन् । संसारमा काहिँ नभएको शासक वर्गलाई आरक्षण नेपालमा छ । पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र छ । अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिने व्यवस्था नेपालमा छ । देशलाई खोक्रो बनाउने यस्ता व्यवस्था राखेर महान कार्य गर्यौ भन्न अलिकिति पनि लाज नमान्नेहरू पनि छन्’, पूर्वमन्त्री साहले भने ।

पूर्वमन्त्री प्रभु साहले संविधानसभाबाट संविधान जारी गर्ने समयमा नै यो संविधानले देशको भलाई गर्न नसक्ने भन्दै संविधानमा हस्ताक्षर नगरी संघर्ष गएका थिए ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ७ : ४४ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन