७ श्रावण २०८३, बिहिबार | July 23, 2026

तरकारीको मूल्य एक सातामै १ सय ७४ प्रतिशतसम्म बढ्यो



काठमाडौं । हरियो तरकारीको मूल्य साता दिनमै १ सय ७४ प्रतिशत सम्मले बढेको छ । केही दिनअघि लगातार रूपमा परेको वर्षाका कारण किसानले लगाएको तरकारी बाली नष्ट भएपछि मूल्य बढेको बताइएको छ ।

भिन्डी, लौका, घिउसिमी, स्थानिय काउली, घिरौंला, चिचिन्डो, भन्टा, करेलालगायत हरियो तरकारीको मूल्य बढेको पाइएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार १ साताअघि प्रतिकिलो २० रुपैयाँ रहेको घिरौंलाको मूल्य शनिवारसम्ममा १ सय ७४ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ ।

यसअघि २५ रुपैयाँ प्रतिकिलो रहेको तितेकरेलाको मूल्य अहिले १ सय २३ प्रतिशतले वृद्धि हुँदै ५५ रुपैयाँ प्रतिकिलो कायम भएको छ । भिन्डीको मूल्य १ सय २० प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ३० रुपैयाँबाट ६६ रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी घिउसिमिको मूल्य पनि १ सय १० प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ५५ रुपैयाँबाट १ सय १५ रुपैयाँ भएको छ । लाम्चो भन्टाको मूल्य १ सय प्रतिशतलले वृद्धि भई प्रतिकिलो २५ रुपैयाँबाट ५० रुपैयाँ कायम भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यले लगातार भएको वर्षात्का कारण किसानले लगाएको तरकारीबाली बारीमै कुहिएर नष्ट भएपछि तरकारीको मूल्य एक्कासि बढेको बताए ।

नेपाली उत्पादन बारीमै नष्ट भएर मूल्य बढ्न थालेपछि व्यापारीहरूले भारतबाट तरकारीको आयात बढाएको उनले जानकारी दिए । उनका अनुसार भारतबाट तरकारी आउने क्रम शुरू भइसकेकाले विस्तारै फेरि मूल्य घटेर पुरानै स्थितिमा फर्किनेछ ।

दैनिक ८ सय देखि ९ सय टन तरकारी भित्रिने कालीमाटी बजारमा वर्षाका कारण तरकारी बारीमै कुहिन थालेपछि घटेर दैनिक ३ सय टनसम्म झरेको थियो । १२, १३ र १४ गते सबैभन्दा कम परिमाण तरकारी भित्रिएको थियो । यी दिनमा क्रमशः ५ सय, ३ सय र ४ सय टन तरकारी कालीमाटीमा भित्रिएको समितिको दैनिक तरकारी आगमन विवरणले देखाएको छ । त्यसयता तरकारी भित्रिने दर पुरानै अवस्थामा फर्किसकेको भए पनि तरकारीको मूल्य भने घटेको पाइँदैन । आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ६ : ३८ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै