७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएकोमा गृहमन्त्रालयको आपत्ति



काठमाडौं । दार्चुला तुइन प्रकरण विरुद्ध काठमाडौंमा युवा विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा नेपालको गृहमन्त्रालयले आपत्ति जनाएको छ ।

गृहमन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्री विरुद्ध उच्छुङ्खल र गतिविधि र नारावाजी गरेको भन्दै आपत्ति जनाएको हो ।

केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउनेगरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति ध्यानाकर्षण भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले यस्ता गतिविधि उच्छृङ्खल र निन्दनीय भएको जनाउँदै गम्भीर आपत्ति जनाएको छ ।

नेपाल सरका सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्रका विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिवद्ध छ’, मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ ।

मन्त्रालयले मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गरिँदै आएको जनाउँदै भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाटै समाधान गरिने जनाएको छ।

दार्चुला तुईन प्रकरण र नेपाली आकाशमाथि भारतीय हेलिकोप्टर अनधिकृत रुपमा उडाएको विरोधमा नेकपा एकीकृत समाजवादी निकट युवा विद्यार्थीले काठमाडौंमा मोदीको पुत्ला दहन गरेका थिए ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  १ : २७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११