२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

अफगान राष्ट्रिय ध्वजावहाक विमानद्वारा अवरूद्ध आन्तरिक उडान पुनः सुरु



कावुल । अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले तालिवान समूहले अफगान राजधानी कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा ल्याएकोे स्थानीय टेलिभिजन च्यानलले आइतबार जनाएको छ ।

“एरियाना अफगान एयरलाइन्सले काबुलबाट हराट, मजार–आई–शरिफ र कान्दाहर शहरहरूसम्मको उडान पुनः सुरु गरेको छ,” टोलोन्युजले आफ्नो समाचार बुलेटिनमा उल्लेख गरेको छ ।

अगस्ट महिनाको अन्त्यमा अमेरिकी सेना बाहिर निस्किएदेखि घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स हो । अमेरिकी सेनाको बहिर्गमनसँगै काबुल विमानस्थलको सुविधाहरूमा समस्या रहेको बताउने गरिएको छ ।

अर्को स्थानीय निजी विमान कम्पनी काम एयरले आफ्नो विमान काबुल विमानस्थलबाट इरानको मशहाद शहरमा सारेको समाचारमा जनाइएको छ ।

तालिबानले अगष्ट १५ मा अफगानको राजधानी कब्जा गरेपछि काबुलमा अराजक स्थिति आउनसक्ने आशङ्पछि त्यहाँ उडान भरिरहेका स्वदेशी तथा विदेशी विमान कम्पनीले व्यवसायिक उडान गर्न रोकेका थिए ।

सञ्चारमाध्यमहरूका अनुसार कतारको एक प्राविधिक टोली काबुल विमानस्थलमा उडान पुनः सुचारु गर्न मद्दत गर्न तयार छ । मानवीय सहायता लिएर संयुक्त अरब इमिरेट्सबाट ओहदाका अधिकारीहरू र अर्को विमान बोकेको कतारी विमान केही दिनअघि काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ३ : २८ बजे

‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल