९ चैत्र २०८२, सोमबार | March 23, 2026

औद्योगिक क्षेत्रबाट निस्कने धुवाँले वायु प्रदुषण गरेको भन्दै मागियो सूचना माग



नेपालगन्ज । नेपालगञ्ज औद्योगिक क्षेत्र भित्र रहेका बिभिन्न उद्योग, कल, कारखानाबाट निस्कने धुवाँले बायु प्रदुषण गरेको भन्दै नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँग सूचना माग गरिएको छ । उपमहानगरको मध्यभागमा रहेको औद्यागिक क्षेत्रबाट निस्कने प्रदुष्ति बायुले स्थानीयहरुको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको गुनासो आउन थालेपछि कार्यालयसँग सूचना माग गरिएको हो ।

दैनिक रुपमा भईरहेको प्रदुषण नियन्त्रणका लागि सम्बद्ध निकायको ध्यानाकर्षण भए, नभएको बिषयमा नेपालगञ्जका स्थानीय ३ जनाले सूचना माग गरेका हुन् । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँग नेपालगञ्ज–१२ का नमस्कार शाह तथा नेपालगञ्ज–१० का मन भण्डारी र हेमराज भट्टले संयुक्त रुपमा सूचना माग गर्दै निबेदन दर्ता गराएका हुन् ।

निबेदकहरुले औद्योगिक क्षेत्र भित्र रहेका बिभिन्न उद्योगहरुबाट उद्योग सञ्चालन गर्दा निस्किने बायु प्रदुषण नियन्त्रणका लागि सम्मानित अदालतबाट भएको आदेश कार्यान्वयनको अवस्था बारे पनि जानकारी माग गरेका छन् ।

निबेदकहरुले कार्यालयबाट बायु प्रदुषण नियन्त्रणका लागि भएको प्रयास, बायु तथा अन्य प्रदुषण फैलाउने उद्योग, कल, कारखानाको नाम, नामेशी बिबरण र त्यस क्षेत्र भित्र रहेका उद्योगहरुको नाम, नामेशी बिबरण माग गरेका छन् ।

 

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ७ : ३२ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११