६ पुस २०८२, आइतबार | December 21, 2025

रोल्पा पहिरो अपडेट : पहिरोले घर पुरिँदा हजुरआमा र नातिको मृत्यु



काठमाडौं । रोल्पामा पहिरोले घर पुरिँएर एकै घरका दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका –१० थवाङमा गए राति पहिरोले घर पुरिँदा ५ वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा ७० वर्षीया वृद्धा गौरी थापा र उनका नाति छन् । बालकको परिचय खुल्न नसकेको सुवेदीले जानकारी दिए ।

राति करिब २ बजे करिब दुई सय मिटर माथिबाट आएको पहिरोले घर पुर्दा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा घरमुली पूर्णबहादुर थापासहित दुई जना सामान्य घाइते भएका छन् ।

बालकको शव राति नै भेटिए पनि वृद्धाको भने बिहान भेटिएको प्रहरीले जनाएको छ । पहिरोले एक घर पूर्ण रूपमा र दुई घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

यस्तै रोल्पाकै सुलिन स्मृति गाउँपालिका-२ सुनिचौरमा मर्मतका लागि राखेको रोल्पा सनलाइट बोडिङ्ग स्कुलको बस फगाम खोलाले बगाएको प्रहरीले जनाएको छ । रोल्पाकै सुनछहरी गाउँपालिका-६ मा नोवाङखोला लघुजलविद्युत आयोजनाको करिब ५० मिटर बाँध बाढीले बगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ८ : ३५ बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा