२४ माघ २०८२, शनिबार | February 8, 2026

बाढीले लघुजलविद्युत्‌ आयोजना बगायो



म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङस्थित दरखोलामा आएको बाढीले दोस्रो दरखोला लघुजलविद्युत् आयोजना बगाएको छ । ४२ किलोवाट क्षमताको उक्त आयोजनाको आइतबार राति आएको बाढीले नहर तथा पावरहाउस सबै बगाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले गएराति आएको बाढीले आयोजना बगाएको जानकारी दिए । ‘बाढीले जलविद्युत आयोजना डुवाएको भनेर गाउँपालिकाका अध्यक्षले खबर गर्नु भएको छ, प्रहरी टाली पठाएइको छ,’ गुरुङले भने,‘प्रहरी पुगेपछि विस्तृत जानकारी आउला ।’

गाउँपालिका अध्यक्ष थमसरा पुनका अनुसार वैकल्पिक ऊर्जाको ८६ लाख, गाउँपालिकाको ६० लाख र बाँकी स्थानीय श्रमदान गरी १ करोड ५२ लाख लागतमा दुई वर्षअघि मात्र लघुजलविद्युत् आयोजना निर्माण भएको थियो ।

८ वर्षअघि पनि सोही खोलाको बाढीले लम्सुङ बस्ती नजिकको परियोजना पूर्ण रूपमा बगाएपछि पुनस् एक किलोमिटर माथि सारिएको थियो । बाढीले नहर तथा पावरहाउस बगाएपछि दुर्गम बस्ती लुलाङका ३ सय ७८ घरधुरी अन्धकार भएको बताइन् ।

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ९ : ४१ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको