२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

बर्दियाको बाँसगढीमा नि-शुल्क आँखा शिविर, ५१ जनामा मोतियाबिन्दु



बर्दिया । चौधरी फाउण्डेसनको आयोजनामा बर्दियाको बाँसगढीमा आँखा शिविर संचालन गरिएको छ । फत्तेवाल आँखा अस्पताल बाँकेको सहकार्य र बाँसगढी नगरपालिकाको समन्वयमा आईतबार एक दिने निशुल्क आखा शिविर संचालन भएको हो ।

नगरपालिकाको वडा नं. ५ स्थित मोतिपुर स्वास्थ्य चौकीमा गरिएको आँखा शिविर कार्यक्रमको बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिक राम अधिकारीले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै ब्यवसायिक हितसंगै सामाजिक कार्यमा चौधरी घरानाले गरेको योगदानको प्रशंसा गरे ।

चौधरी गू्रपका प्रदेश प्रशासक देवराज ढुङ्गानाले शिविरमा ३ सय २२ जना आँखाका बिरामीले सेवा लिएको जानकारी दिए । जाँचमा आएकामध्ये ५१ जनामा मोतिबिन्दु देखिएकाले बिरामीहरुलाई आँखाको थप उपचारका लागि फत्तेवाल आँखा अस्पताल बाँकेमा रिफर गरिएको उनले बताए ।

कार्यक्रममा मोतिपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत बल बहादुर चौधरी, बाँसगढी न.पा. कार्यकारी प्रमुख पुरुषोतम देवकोटा, स्वास्थ्य शाखा प्रमुख गिता घिमिरे, इलाका प्रहरी प्रमुख विरेन्द्र सिह थापा, चौधरी ग्रुप फुड इण्डष्ट्रिज बर्दियाका प्रशासन प्रमुख लिला श्रेष्ठले मानव स्वस्थ्य सबैभन्दा ठुलो धन भएको भन्दै रोग लाग्नुभन्दा पहिले नै यसबाट बच्नु र सावधानी अप्नाउनुपर्ने बताए ।

यसअघि फाउण्डेसनले कोभिड रोकथामका लागि अक्सिजन मेशिन समेत उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  १ : ०७ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा