२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

सुदुरपश्चिमका थप एक सांसदले एमाले छोडे, एकीकृत समाजवादी सबैभन्दा ठुलो दल



धनगढी । सदुरपश्चिम प्रदेश सभामा रहेका नेकपा एमालेका थप एक सांसदले मुल पार्टी परित्याग गरेका छन् ।

सांसद माया तामाङले एमाले परित्या गर्दै नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेकी छिन् । सांसद तामाङले आज पार्टी परिवर्तनको सनाखत गरेकी हुन् । तामाङ प्रवेश गरेसँगै एकीकृत समाजवादी प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ ।

सभामुखसहित २५ जना सांसदका साथ सबैभन्दा ठूलो दल रहेको नेकपा एमालेबाट १४ जना सांसदले विद्रोह गर्दै एकीकृत समाजवादीमा समावेश भएपछि नयाँ पार्टी प्रदेशसभाको ठूलो दल बनेको हो ।

एमाले पार्टी विभाजनको सबैभन्दा ठूलो असर पनि सुदुरपश्चिममा परेको छ । यससँगै एमाले पहिलो दलबाट चौंथोमा खुम्चिएको छ । अब एमालेमा ११ जना सांसदमात्र बाँकी रहेका छन् । एमाले कमजोर भएसँगै हालै मात्र माधवकुमार नेपालको साथ छोडेका प्रभावशाली नेता भनिएका भीम रावलको राजनीतिक शक्ति पनि कमजोर भएको छ ।

सुदुरपश्चिममा माधव नेपाल खेमामा पनि रावलको पडक शक्तिशाली मानिँदै आएको थियो । तर, आफ्नै गृहजिल्लादेखि सिंगो प्रदेशसम्मका नेता र सांसदहरुले एक एक गरी छोडेपछि रावल कमजोर देखिएका हुन् । रावलले वर्षौदेखि नेपालसँगको साथ छोडेर केही दिनअघि मात्र केपी ओली पक्षमा विलय भएका थिए । एमाले भित्रै पनि माओवादी केन्द्रबाट एमाले बनेका लेखराज भट्टसँग गर्नुपर्ने आन्तरिक प्रतिस्पर्धामा रावल थप कमजोर बन्ने देखिएको छ ।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका दुई जना सांसद छन् ।

 

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ३ : ३८ बजे

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

घुस रकम सहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

जनकपुरधाम । सशस्त्र प्रहरी बलका एक जना सशस्त्र प्रहरी निरीक्षक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा प्राविधिक जनशक्ति (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्तिको माग गरेको