५ पुस २०८२, शनिबार | December 20, 2025

सुदुरपश्चिमका थप एक सांसदले एमाले छोडे, एकीकृत समाजवादी सबैभन्दा ठुलो दल



धनगढी । सदुरपश्चिम प्रदेश सभामा रहेका नेकपा एमालेका थप एक सांसदले मुल पार्टी परित्याग गरेका छन् ।

सांसद माया तामाङले एमाले परित्या गर्दै नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेकी छिन् । सांसद तामाङले आज पार्टी परिवर्तनको सनाखत गरेकी हुन् । तामाङ प्रवेश गरेसँगै एकीकृत समाजवादी प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ ।

सभामुखसहित २५ जना सांसदका साथ सबैभन्दा ठूलो दल रहेको नेकपा एमालेबाट १४ जना सांसदले विद्रोह गर्दै एकीकृत समाजवादीमा समावेश भएपछि नयाँ पार्टी प्रदेशसभाको ठूलो दल बनेको हो ।

एमाले पार्टी विभाजनको सबैभन्दा ठूलो असर पनि सुदुरपश्चिममा परेको छ । यससँगै एमाले पहिलो दलबाट चौंथोमा खुम्चिएको छ । अब एमालेमा ११ जना सांसदमात्र बाँकी रहेका छन् । एमाले कमजोर भएसँगै हालै मात्र माधवकुमार नेपालको साथ छोडेका प्रभावशाली नेता भनिएका भीम रावलको राजनीतिक शक्ति पनि कमजोर भएको छ ।

सुदुरपश्चिममा माधव नेपाल खेमामा पनि रावलको पडक शक्तिशाली मानिँदै आएको थियो । तर, आफ्नै गृहजिल्लादेखि सिंगो प्रदेशसम्मका नेता र सांसदहरुले एक एक गरी छोडेपछि रावल कमजोर देखिएका हुन् । रावलले वर्षौदेखि नेपालसँगको साथ छोडेर केही दिनअघि मात्र केपी ओली पक्षमा विलय भएका थिए । एमाले भित्रै पनि माओवादी केन्द्रबाट एमाले बनेका लेखराज भट्टसँग गर्नुपर्ने आन्तरिक प्रतिस्पर्धामा रावल थप कमजोर बन्ने देखिएको छ ।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका दुई जना सांसद छन् ।

 

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ३ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको