४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौं उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने



काठमाडौं । काठमाडौं उपत्यकाभित्रका विद्यालयहरु आगामी असोज १ गतेदेखि खुला हुनेभएका छन् ।

कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु हुन थालेपछि पाँच महिनादेखि बन्द रहेका विद्यालयहरु असोज १ गतेदेखि खुल्ने भएका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीसहित उपत्यकाका तीनै जिल्लाका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिसहितको आज बसको बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो ।

बैठकले विद्यालय खोल्न निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहले अभिभावक र शिक्षकसँग छलफल गरेर महामारीको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय भएको छ ।

बैठकले जनस्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुला गर्न दिइने निर्णय गरेको छ । स्वास्थ्य अवस्थाको जोखिम हेरेर स्थानीय तहले नै तत्काल विद्यालय खोल्ने या बन्द गर्नसक्नेछन् ।

कोरोना संक्रमण दर कम हुँदै जाँदा विद्यालयहरु खुल्ने क्रम पनि विस्तारै बढ्न थालेको छ । उपत्यकाभित्रकै केही नगरपालिकाले यसअघि नै विद्यालय खोलिदिएपछि एकरुप ढंगबाट मात्र वि
द्यालय खोल्ने निर्णय भएको हो ।

 

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ४ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको