१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बुटवलको ज्योतिनगर बचाउन तीनवटै सरकार सक्रिय बन्न एमाले उपमहासचिव पौडेलको आग्रह



बुटवल । नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवल उपमहानगर ३ स्थित चुरे क्षेत्रमा गएको पहिरोका कारण ध्वस्त बनेको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् । लुम्बिनी प्रदेशका एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न बुटवल पुगेका उपमहासचिव पौडेलले आज मध्यान्ह ज्योतिनगर क्षत्रमा पुगेर पिडितहरुको गुनासो सुन्नुका साथै क्षतिग्रस्त क्षेत्रको अवलोकन गरेका हुन् ।

सो अवसरमा क्षेति ब्यहोरेका स्थानीयबासीलाई सम्बोधन गर्दै पौडेलले त्यस क्षेत्रको चुरेको पहिरो नियन्त्रण गर्न तीनै तहका सरकारलाई प्राथामिकतामा राख्न आग्रह गरे । उनले छिट्टो पहिरो नियन्त्रण गर्न र थप क्षति हुनबाट जोगाउन सरकारको ध्यानाकर्षण गराए । पौडेलले पहिरोको विषयमा अर्को साता बस्ने संसद बैंठकमा आफूले छलफलको विषय बनाउने आश्वासन दिए । ‘यो पहिरो डरलाग्दो र कहालीलाग्दो छ संघ, प्रदेश र स्थानीय सरकारले पहिरो नियन्त्रणमा प्राथामिकता दिनुपर्छ,’ पौडेलले भने, -‘यो सार्वजनिक सरोकारको विषय हो । अर्को साता बस्ने संसदको अधिवेशनमा छलफलको विषय बनाउँछु ।’

उनले जुन प्रविधिको प्रयोग गरेर पहिरो नियन्त्रण गर्न सम्भव हुन्छ । त्यो प्रविधि छिटोभन्दा छिटो प्रयोग गरेर लक्ष्मीनगर र ज्योतिनगर बस्तीलाई सुरक्षित गर्न आग्रह गरे । प्राविधिक सहयोग, बजेट र जनशक्तिको यथाशिघ्र गरेर बस्ती र प्रभावित परिवाहरूलाई सबै सरकारले काम गर्नुपर्ने उनको भनाई छ । पौडेलले आफू पहिरो नियन्त्रण र विस्थापितहरू पुनःस्थापित गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने समेत बताए ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले पहिरो नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गर्दै पौडेलले वातावरण क्षेत्रका प्राविधिकहरूले अध्ययन गरेपछि प्रतिवेदनका आधारमा काम गर्न सरकारसँग आग्रह गरे ।

बुटवल वडा नम्बर ३ र ४ मा पर्ने बुटवलको ज्योतिनगरमा गत साता पहिरो झरेपछि १० घर पूर्ण रूपमा पुरिएका छन् । भने ६६ भन्दा बढी घर पहिरो सहितको लेदो पसेर बस्न नमिल्ने भएका छ । २० वर्ष अगाडि पनि सोही क्षेत्रमा पहिरो जाँदा ५७ घर पुरेको थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पहिरो नियन्त्रण र थप क्षति हुनबाट जोगाउन निरन्तर काम गरिहेको पौडेललाई जानकारी गराएका थिए । पौडेलले बुटवलको पाखापानीको पहिरो र बुटवल–११ बुद्धनगरको तिनाउ नदीले कटान क्षेत्रको पनि निरीक्षण गरेका थिए । पौडेल तीन दिन गृहजिल्लामै रहने कार्यक्रम छ । पहिरो निरीक्षणमा पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पनि सहयागी थिए ।

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ५ : ११ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्