१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

एमाले र जसपा फुटेर बनेको एस र लोसपा रोज्न पाउने समय सीमा आज सकिँदै



काठमाडाैं । पार्टी विभाजन गर्न सजिलो बनाउँदै सरकारले जारी गरेको अध्यादेश अनुसार विभाजन भएका नेकपा (एस) र लोसपामा प्रदेश सांसद र स्थानीयतहका जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा आज सकिँदैछ । आयोगले दिएको २१ दिनको अवधि पार गर्दै आज (मंगलबार) अपराह्न ५ बजे दलरोज्न पाउने समयावधिको सीमा सकिन लागेको हो ।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी दोस्रो संशोधित अध्यादेशअनुसार एमाले र जसपा छाडेर नवगठित एस र लाेसपा रोज्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आयोगले २१ दिनको समय दिएको थियो ।

गत भदौ २ गते एमालेबाट नेकपा एकीकृत समाजवादी र जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । एमाले र जसपाबाट विभाजित भएका दुवै दलको निवेदनअनुसार ९ भदौमा विभाजित सदस्यहरुको हस्ताक्षर सनाखत गरेर आयोगले नेकपा (एस) र लोसपालाई दलको मान्यता सहित प्रमाणपत्र दिएको थियो । नयाँ अध्यादेश अनुसार आयोगले दिएको समय सीमाभित्र दल रोज्ने जनप्रतिनिधिको पद कायम रहने व्यवस्था रहेको छ ।

नवगठित लोसपामा प्रवेशको लहर खासै नदेखिएपनि नकेपा (एस)मा भने अन्तिम दिन आज पनि देशभरी सनाखत गर्नेहरु धेरै देखिएको सो दलले दाबी गरेको छ । नवगठित दुईदलका नेताहरुका अनुसार नयाँ दल रोज्नलाई आयोगले जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्न निर्धारण गरेको समय सीमा अनुसार आज बेलुका सम्म नै सनाखत गर्ने क्रम चल्ने छ ।

हालसम्म एमाले छोडेर एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने ३० सङ्घीय सांसदसहित ५१ प्रदेश सांसद खुलिसकेका छन् । स्थानीयतहमा दल रोज्न पाउने समयसीमा अझै बाँकी रहेका कारण आज ५ बजेपछि मात्र त्यसको संख्या थाहा हुने छ । संघ र प्रदेशमा एस रोज्नेहरुको संख्या ठुलै देखिएपनि स्थानीयतहमा अत्यन्त न्युन संख्यामा नयाँ दलमा कार्यकर्ताहरु खुल्ने अवस्था रहेको नेपाल पक्ष छाडेर ओली पक्षमा समाहित भएको एमाले नेता योगश भट्टराईले बताएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ३ : १३ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका