७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रचण्डको घोषणा : अहिलेकै अवस्थामा एमसीसी पास हुँदैन



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै एमसीसी पास नहुने दाबी गरेका छन् ।

मंगलबार पार्टीको रणनीतिक सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले
नेपालले सोधेका प्रश्नको जवाफ अमेरिकाले नदिएसम्म एमसीसी पास नहुने बताएका हुन् ।

प्रचण्डले राष्ट्र र राष्ट्रियतामाथि उठ्ने प्रश्नमा माओवादी केन्द्रले सहमति नजनाउने स्पष्ट पारे । उनले भने, ‘हामीले एमसीसीबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन ।’

अध्यक्ष प्रचण्डले अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीले त्यसबारे सोच्नुपर्ने बताए । उनले आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनसँगै नयाँ आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने बताउँदै त्यसका लागि तयारी गर्न आग्रह गरे । प्रचण्डले वाईसीएललाई एकीकृत र एकढिक्का भएर अघि बढ्न निर्देशन दिए ।

प्रचण्डले पार्टी संसदवादमा फस्दै गएकोमा चिन्ता समेत व्यक्त गरे ।

यसैबीच वाईसीएलले केन्द्रीय कमिटीबाट संयोजक र सहसंयोजक तोकेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले संयोजकमा सुमन देवकोटा चयन भएका छन् भने सहसंयोजकमा सुबोधराज शेर्पाली चुनिको हो । बैठकले केन्द्रीय कमिटीलाई राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरेको छ । केही दिनअघि सम्पन्न राष्ट्रिय भेलाले वाईसीएलको कन्द्रीय समिति चयन गरेको थियो । तर, नेतृत्वमा विवाद भएका कारण अध्यक्षसहितको पदाधिकारी चयन गर्न सकेको थिएन ।

 

 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ४ : २५ बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।