१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

एमसीसीको मुख्य उद्देश्य नेपाललाई चीन विरोधी अखडा बनाउनु हाे : चित्रबहादुर केसी



बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले एमसीसीका नाममा नेपालमा अमेरीकी सैनीक भित्र्याएर नेपाललाई चीन बिरोधी अखडा बनाउन लागिएको बताएका छन् ।

एसीसीको विपक्षमा सहमती जनाएका १० राजनीतिकदलको आयोजनामा बुटवलमा आज आयोजित विरोधसभामा बोल्दै अध्यक्ष केसीले एमसिसिका नाममा नेपाललाई चिन बिरोधी अखडा बनाउन खोजिएको बताएका हुन् ।

अध्यक्ष केसीले एमसीसीको नाममा चीन विरोधी मोर्चा बनाउन नेपाललाई समेत सामेल गर्ने अभियानमा लागेको र त्यसलाई बर्तमान सरकारले सहयोग गरेको आरोप लगाए। केसीले बिश्वमा चीन शक्तीसाली बन्दै जादा अमेरीकालाई भालुको कन्चट बनेकोले चीनलाई कमजोर बनाउन नेपाललाई प्रयोग गरेर अगाडी बढन खोजेको बताउँदै अमेरीकी दवावकै कारण पटक पटक एमसीसी सदनमा ल्याउन खोजिएको बताए ।

उनले एमसीसी नेपाल र नेपालीका लागि आवश्यक हो होईन भन्ने कुरा नेपाली जनताले निर्णय गर्नुपर्नेमा अमेरीकाले एकपक्षीयरुपमा एमसीसीको प्रचार गरिरहेको टिप्पणी गरे ।

अमेरिकी योजनामा नेपाललाई किनेर चाईना र उत्तर कोरीयालाई एशियामा एक्लो पार्न खोखिएको बताउँदै केसीले ५५ अर्वको लोभ देखाएर चीको विरोधमा नेपाली भुमी प्रयोग गर्न खोजेको बताए।

केसीले एमसीसीका बुंंदा परिमार्जन गर्ने आग्रह कुनै हालतमा अमेरीकाले स्वीकार नगर्ने ठोकुवा गर्दै नेपालको कानून भन्दा अमेरीकाको कानुन र बौद्धीक सम्पतीमा समेत नेपालको अधिकार नहुने प्रावधान नै नेपाललाई चिन बिरोधी अखडा बनाउने योजनाका साथ आएको दावी गरे।

अर्काको भुमी माथी हेलिकप्टर घुम्दा सत्ताका मान्छे नबोलेको बताउँदै उनले शक्ति राष्ट्रको चाकडी र आर्शिवादबाट सत्तामा बस्ने लालसा र परिपाटीले यस्ता जघन्य घटनामा मुख खोल्न नसकेको आरोप लगाए ।

केसीले उत्तरमा शक्तिसाली चीन नभएको भए भारतले नेपाललाई खाई सक्थ्यो भन्दै छिमेकमा चीन भएका कारण नेपाललाई चीन बिरोधी अखडका रुपमा प्रयोग गर्न खोजिएको बताए ।

 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : ५७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम