२९ मंसिर २०८२, सोमबार | December 15, 2025

निको भएका बिरामीमा पोस्ट कोभिडको जोखिम



काठमाडौं । कोरोना (कोभिड-१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् । यस्तो समस्याले कतिपयको ज्यानै लिन सक्ने अवस्था देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा। शेरबहादुर पुनले कोरोना सङ्क्रमित निको भएपछि पोस्ट कोभिडका लक्षण देखिएको जानकारी दिए । उनले पोस्ट कोभिडका कारण कम्मर, ढाड, मस्तिष्कघात, पक्षघात साथै मुटु हल्लिएको अनुभूति हुने, फोक्सो, मिर्गौला, छाला, आँखाको समस्या हुने बताए ।

पोस्ट कोभिड भएका बिरामीमा मनोपरामर्श आवश्यक रहेको बताउँदै भने, “विशेष गरी पोस्ट कोभिडका लक्षण सघन कक्षमा पुगेर निको भएका बिरामीमा देखिएको छ ।”

अस्पतालमा हुँदा अन्य मानिसको ज्यान गएको देख्दा आफूलाई पनि यस्तै हुन्छ कि भन्ने मनोभाव हुन्छ । फेरि पनि समस्या आउँदा धेरै डराउने भएका कारण मनोपरामर्शको आवश्यकता रहेको जानकारी दिए । पोस्ट कोभिडका लक्ष युवा नै धेरै देखिएको र अस्पतालमा ५० प्रतिशत जति यस्ता बिरामी आएको डा। पुनले जानकारी दिए ।

कोरोना सङ्क्रमण भएको बेला निकै गाह्रोे भएको थियो, न्युरोडकी ३८ वर्षीया मनिता दहाललाई । कम हुन एक महिना लागेको उनी भन्छिन्, “निको हुँदै गएपछि कपाल झर्न सुरु भयो । यति धेरै झर्यो अगाडि तालु नै भयो ।”

कोरोना सङ्क्रमण भएपछि यस्तै हुन्छ भनेर सोच्यो तर कपाल झर्ने कम नभएपछि अस्पताल गएपछि थाहा भयो मलाई पोस्ट कोभिड अर्थात् कोरोना निको भएपछि हुने समस्या भएको जानकारी दिए । धेरैले पोस्ट कोभिडका कारण विभिन्न समस्या भोग्नु परेको चिकित्सकको भनाइ छ । आजको गोरखापत्र दैनिकमा यलु जोशीले यो समाचार लेखेकी छिन ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ७ : ३६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले