३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

सुआहरा परियोजनाको वार्षिक समिक्षा, योजना तर्जुमा तथा क्षमता अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न



बुटवल । अन्तराष्ट्यि सहयोगी संस्था युससएआईडीद्धारा संचालित कार्यक्रम सुआहरा परियोजनाले रुपन्देहीमा आफनो वार्षिक समिक्षा, योजना तर्जुमा तथा क्षमता अभिवृद्धि कार्यक्रम रुपन्देहीका सबै पालिकालमा कार्यरत परिचालकहरुलाई प्रदान गरेको छ ।

स्थानीय साझेदारी संस्था सेतो गँरास बाल बिकास सेवा रुपन्देहीको आयोजना र सुआहरा परियोजना लुम्विनी प्रदेशको आर्थिक संहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

वार्षिक समिक्षा, योजना तर्जुमा तथा क्षमता अभिवृद्धि कार्यक्रममा स्थानीय तह र समुदायमा काम गर्ने परिचालकको क्षमता वृद्धि कसरी गर्ने, कार्यक्रम सम्बन्धी योजनाको तर्जुमा , सरकारवाला निकायसंगको सहकार्य, समन्वयन कसरी गर्ने, लक्ष्य प्राप्तीका लागि कसरी कार्य सम्पादन गर्ने, कोभिड १९ को जोखिम अवस्थामा कसरी कामहरुलाई योजनाबद्ध रुपमा लैजान सकिन्छ साथै स्वास्थ्य सचेतनासंगै सजगता कसरी अपनाउने बारेमा सुआहराका सिनियर लुम्विनी प्रदेश संयोजक भरत शर्मा, कृषि संयोजक अर्जुन श्रेष्ठ, वास संयोजक मंगल दुवाल ,पोषण अधिकृत दुर्गा राना, प्राविधिक संयोजक रक्षा गिरी, रेडियो कार्यक्रम उत्पादक किस्मती चौधरी, वित्तीय तथा प्रशासन अधिकृत संजीप विश्वकर्मा र सेतो गुरास बाल विकास सेवाका मिनु पुन लगायतले प्रशिक्षण दिएका थिए ।

यस्तै कार्यक्रममा सेतो गुँरास बाल विकाश सेवा रुपन्देहीकी कार्यकारी निर्देशक सुमित्रा शर्माले संस्थागत नीति, नियम, सुशासन, आचारसंहिता बारे सहजीकरण गदै तीन दिनको अवधिमा सिकेका कुराहरुलाई व्यवहारिक जीवनमा लागु गर्न समेत आग्रह गदै हरितालिका तीज पर्वको सम्पूर्णलाई शुभकामना समेत व्यक्त गरेका थिए ।

तीन दिन सम्म बुटवलमा संचालन भएको कार्यक्रम मंगलबार सम्पन्न भएको हो । कोभिड १९ को विषम अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पहिलो चरण र दोस्रो चरण गरी ५२ जना परिचालकहरुको सहभागितामा प्रशिक्षण दिइएको सुआहराका लुम्विनी प्रदेश संयोजक भरत शर्माले जानकारी दिए ।

समापन कार्यक्रममा सहभागिहरुको तर्फबाट कोटिहीमाई गाउँपालिकाका परिचालक अनुप वर्मा र सहजकर्ताको तर्फबाट गैडहवा गाउँपलिकाकी मिना कुमारी चौधरीले तीन दिन सम्म सिकेका सिकाइलाई व्यवहारिक जिवनमा उतार्ने प्रतिबद्धता व्यक्त गदै अगामी दिनहरुमा योजनाबद्ध रुपमा कामलाई अगाडि बढाउन यस्ता छलफलले संहयोग पुगेको बताए ।

सुआहराले स्वास्थ्य सुरक्षाका कार्यक्रमहरु लुम्विनी प्रदेशका १२ वटै जिल्ला र नेपालका ४२ जिल्लामा संचालन गदै आएको छ । यो परियोजना युससएआईडीको एक कार्यक्रम हो ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ५ : ५८ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र