१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कांग्रेस १४ महाधिवेशन : तिलोत्तमामा क्षेत्रीय प्रतिनिधि छनोटमा विवाद, न्याय माग्दै आयोग पुगे गौतम



तिलोत्तमा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटको विषयलाई लिएर तिलोत्तमामा विवाद सिर्जना भएको छ ।

तिलोत्तमा-६ का क्षेत्रीय प्रतिनिधि आकांक्षी लक्ष्मण गौतमले आफूलाई नेतृत्वमा जान नदिन अन्तरघात भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

पञ्चायती शैली र अलोकतान्त्रीक शैली अपनाई एक पक्षले दमन र प्रतिसोधको भावनामा रहेर आफूलाई क्षत्रीय प्रतिनिधि हुन नदिएको गौतमको आरोप छ ।

क्षेत्रीय प्रतिनिधिका लगि आफ्ना प्रस्तावक तथा समर्थकलाई धम्क्याउनुका साथै उम्मेद्वारीका लागि दिइएको फर्म समेत च्यात्ने काम भएको भन्दै उनले गुनासो गरे ।

सत्यतथ्य छानविन र नियमसँगत अघि बढ्नका लागि निर्वाचन समितिमा आफूले उजुरी दर्ता गरेको जानकारी गराए । बुधबार तिलोत्तमामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफ्ना असन्तुष्टि व्यक्त गरेका हुन् ।

तिलोत्तमा-६ बाट महाधिवेशनका लागि २६ जना प्रतिनिधि छनोट भएका छन् । ३१३ जना कांग्रेस क्रियाशिल सदस्य रहेको यस वडामा निर्वाचन नगरी सहमतीय प्रणालीबाट प्रतिनिधि छनोट गरिएको थियो ।

असन्तुष्ट रहेका गौतमले भने आफूलाई निषेध गर्नकै लागि चुनावी प्रक्रियामा नगई सहमतीको नाटक रचिएको उल्लेख गरे । कांग्रेसका बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाबी गर्दै उनले चुनावमा जाँदा हार्ने डरले षड्यन्त्रमूलक ढंगले आफूलाई नै जानकारी नदिई सहमतीमा प्रतिनिधि छनोट बहाना बनाइएको उल्लेख गरे ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ६ : १२ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह