७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेस १४ महाधिवेशन : तिलोत्तमामा क्षेत्रीय प्रतिनिधि छनोटमा विवाद, न्याय माग्दै आयोग पुगे गौतम



तिलोत्तमा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटको विषयलाई लिएर तिलोत्तमामा विवाद सिर्जना भएको छ ।

तिलोत्तमा-६ का क्षेत्रीय प्रतिनिधि आकांक्षी लक्ष्मण गौतमले आफूलाई नेतृत्वमा जान नदिन अन्तरघात भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

पञ्चायती शैली र अलोकतान्त्रीक शैली अपनाई एक पक्षले दमन र प्रतिसोधको भावनामा रहेर आफूलाई क्षत्रीय प्रतिनिधि हुन नदिएको गौतमको आरोप छ ।

क्षेत्रीय प्रतिनिधिका लगि आफ्ना प्रस्तावक तथा समर्थकलाई धम्क्याउनुका साथै उम्मेद्वारीका लागि दिइएको फर्म समेत च्यात्ने काम भएको भन्दै उनले गुनासो गरे ।

सत्यतथ्य छानविन र नियमसँगत अघि बढ्नका लागि निर्वाचन समितिमा आफूले उजुरी दर्ता गरेको जानकारी गराए । बुधबार तिलोत्तमामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफ्ना असन्तुष्टि व्यक्त गरेका हुन् ।

तिलोत्तमा-६ बाट महाधिवेशनका लागि २६ जना प्रतिनिधि छनोट भएका छन् । ३१३ जना कांग्रेस क्रियाशिल सदस्य रहेको यस वडामा निर्वाचन नगरी सहमतीय प्रणालीबाट प्रतिनिधि छनोट गरिएको थियो ।

असन्तुष्ट रहेका गौतमले भने आफूलाई निषेध गर्नकै लागि चुनावी प्रक्रियामा नगई सहमतीको नाटक रचिएको उल्लेख गरे । कांग्रेसका बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाबी गर्दै उनले चुनावमा जाँदा हार्ने डरले षड्यन्त्रमूलक ढंगले आफूलाई नै जानकारी नदिई सहमतीमा प्रतिनिधि छनोट बहाना बनाइएको उल्लेख गरे ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ६ : १२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११