११ बैशाख २०८१, मंगलबार | April 23, 2024

एमसीसीबारे अमेरिकाले पठायो नेपाल सरकारलाई जवाफ (पूर्णपाठसहित)



काठमाडौं । अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विवादित विषयबारे नेपाल सरकारले सोधेको प्रश्नहरूको जवाफ पठाएको छ । जनस्तरबाट ब्यापक गुनासो र विरोध भएपछि सरकारले एमसीसीको मुख्य संचालक अमेरिकन सरकारसँग विभिन्न ११ बुँदे प्रश्नहरु पठाएको थियो । नेपाल सरकारको प्रश्नको जवाफ अमेरिकी सरकारले लिखित रुपमै फर्काएको हो ।

गत शुक्रबार अर्थमन्त्रालयले एमसीसीको मुख्य कार्यालयलाई एक पत्र लेख्दै एमसीसीबारे उठेका विभिन्न विवादित सवालहरुबारे स्पष्ट जवाफ दिन ११ बुँदे प्रश्न सहित अनुरोध गरेको थियो ।

जनस्तरबाट उठेका मुख्य बुँदाहरुलाई केन्द्र बिन्दुमा राखेर नेपाल सरकारले एमसीसी अमेरिकाको ‘इन्डो(प्यासेफिक रणनीति’को अंग हो वा होईन ? तथा एमसीसी अमेरिकी सुरक्षा नीतिसँग जोडिएको छ वा छैन ? भन्ने विषयमा स्पष्ट गर्न आग्रह गरेको थियो । सरकारले एमसीसीको सम्झौता नेपालको कानुनको अधिनमा रहने की नहरने तथा संसदबाटै पास गर्नुपर्ने अनिवार्यताको आवश्यक्ताबारे पनि अमेरिकासँग प्रश्न गरेको थियो ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न नेपाल आउने समय नजिकिँदै गर्दा नेपाल र अमेरिकन सरकारबीच एमसीसीबारे सवाल जवाफ भएको हो ।

२०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको एमसीसीको सम्झौता अहिले पनि दलहरुका बीच मुख्य छलफलको विषय ्बन्ने गरेको छ । नेपालका दलहरुले सत्तामा पुग्दा एमसीसीको पक्षमा बोल्ने र प्रतिपक्षमा बस्दा एमसीसीका विरुद्ध बोल्ने गरेका छन् । दलहरुकै कारण आम जनस्तरमा पनि एमसीसीबारे सकारात्मक धारणा छैन ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ९ : ५९ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना