१० असार २०८३, बुधबार | June 24, 2026

एमसीसीबारे अमेरिकाले पठायो नेपाल सरकारलाई जवाफ (पूर्णपाठसहित)



काठमाडौं । अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विवादित विषयबारे नेपाल सरकारले सोधेको प्रश्नहरूको जवाफ पठाएको छ । जनस्तरबाट ब्यापक गुनासो र विरोध भएपछि सरकारले एमसीसीको मुख्य संचालक अमेरिकन सरकारसँग विभिन्न ११ बुँदे प्रश्नहरु पठाएको थियो । नेपाल सरकारको प्रश्नको जवाफ अमेरिकी सरकारले लिखित रुपमै फर्काएको हो ।

गत शुक्रबार अर्थमन्त्रालयले एमसीसीको मुख्य कार्यालयलाई एक पत्र लेख्दै एमसीसीबारे उठेका विभिन्न विवादित सवालहरुबारे स्पष्ट जवाफ दिन ११ बुँदे प्रश्न सहित अनुरोध गरेको थियो ।

जनस्तरबाट उठेका मुख्य बुँदाहरुलाई केन्द्र बिन्दुमा राखेर नेपाल सरकारले एमसीसी अमेरिकाको ‘इन्डो(प्यासेफिक रणनीति’को अंग हो वा होईन ? तथा एमसीसी अमेरिकी सुरक्षा नीतिसँग जोडिएको छ वा छैन ? भन्ने विषयमा स्पष्ट गर्न आग्रह गरेको थियो । सरकारले एमसीसीको सम्झौता नेपालको कानुनको अधिनमा रहने की नहरने तथा संसदबाटै पास गर्नुपर्ने अनिवार्यताको आवश्यक्ताबारे पनि अमेरिकासँग प्रश्न गरेको थियो ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न नेपाल आउने समय नजिकिँदै गर्दा नेपाल र अमेरिकन सरकारबीच एमसीसीबारे सवाल जवाफ भएको हो ।

२०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको एमसीसीको सम्झौता अहिले पनि दलहरुका बीच मुख्य छलफलको विषय ्बन्ने गरेको छ । नेपालका दलहरुले सत्तामा पुग्दा एमसीसीको पक्षमा बोल्ने र प्रतिपक्षमा बस्दा एमसीसीका विरुद्ध बोल्ने गरेका छन् । दलहरुकै कारण आम जनस्तरमा पनि एमसीसीबारे सकारात्मक धारणा छैन ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ९ : ५९ बजे

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

काठमाडौं । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ ।