११ कार्तिक २०८३, बुधबार | October 29, 2026

सकसमा संसद : सभामुख बोलिरहे, एमालेले अवरोध गरिरह्यो



काठमाडौं । सरकारले आकस्मिक बोलाएको संसद् अधिवेशनको पहिलो दिन नै विपक्षी एमालेले अवरोध गरेको छ । सभामुख सापकोटाले बीच-बीचमा स्थगित गर्दै बैठक अघि बढाउने कोसिस गरे । तर, एकै दिन बसेका तीन बैठक एमालेले लगातार अवरोध गर्‍यो ।

सभामुख सापकोटाले आफ्नो पार्टी फुटाउन ‘भूमिका’ खेलेको भन्दै एमालेले अवरोध गरेको हो । विगतमा सरकारकाविरुद्ध विपक्षीले अवरोध गर्ने संसदीय चलन र परम्परा थियो । तर, एमालेले सभामुखको ‘तटस्थ र निष्पक्ष’ भूमिकामाथि प्रश्न उठाउंदै अवरोध गर्‍यो । संसदमा सभामुखको आचरण वा निर्णयको आलोचना गर्न नपाइने प्रतिनिधिसभा नियमावलीको नियमतर्फ सभामुखले पटक-पटक ध्यानाकर्षण गराए । तर, एमालेले सुनेन ।

एमालेले सभामुखविरुद्ध संसद अवरोध गर्ने निर्णय संसदीय दलको बैठकमै गरेको थियो । पार्टीले कारबाही गरेका १४ जना सांसदको पद रिक्त नगरी अर्को दल गठन गर्न सभामुख सापकोटाले भूमिका खेलेको एमालेको आरोप छ । एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न सभामुख सापकोटालाई पत्र पठाएको थियो ।

तर, सापकोटाले उक्त पत्रलाई कार्यान्वयनमा नलगेपछि निर्वाचन आयोगले नेपालसहितका सांसदको पद कायम राख्दै नयाँ दल दर्ता गरेको थियो । १४ जना सांसदमाथिको कारबाही टुंगो नलागेसम्म संसद् चल्न नसक्ने भन्दै एमालेले राष्ट्रियसभा पनि अवरोध गर्‍यो ।

प्रतिनिधिसभा बैठकको प्रारम्भमै एमाले सांसदहरू उठेर विरोध जनाए। सभामुख सापकोटाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिए । भट्टराईले बैठक सञ्चालन गर्न नदिने बताए । ‘कसैलाई १८ घण्टामा कारबाही गर्ने र कसैलाई २४ घण्टामा गर्ने ? त्यो नियम एमालेमाथि किन लागू भएन ? सभामुखले समानता पूर्ण व्यवहार गर्ने हो कि होइन ? उनले भने, ‘सभामुखसँगै निर्वाचन आयोग पनि एमाले टुक्राउन नियोजित रूपमा लाग्यो ।’

सापकोटाले ‘तपाईंहरूका मागप्रति ध्यानाकर्षण भयो, अब सदन सुचारु गर्न सहयोग गर्नुहोस्’ भनेर आग्रह गरे लगत्तै एमाले रोष्टम पसेर नारावाजीमामा उत्रियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा रामकला खड्का र तारा चापागाईंले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ७ : ४६ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय