७ श्रावण २०८३, बिहिबार | July 23, 2026

सकसमा संसद : सभामुख बोलिरहे, एमालेले अवरोध गरिरह्यो



काठमाडौं । सरकारले आकस्मिक बोलाएको संसद् अधिवेशनको पहिलो दिन नै विपक्षी एमालेले अवरोध गरेको छ । सभामुख सापकोटाले बीच-बीचमा स्थगित गर्दै बैठक अघि बढाउने कोसिस गरे । तर, एकै दिन बसेका तीन बैठक एमालेले लगातार अवरोध गर्‍यो ।

सभामुख सापकोटाले आफ्नो पार्टी फुटाउन ‘भूमिका’ खेलेको भन्दै एमालेले अवरोध गरेको हो । विगतमा सरकारकाविरुद्ध विपक्षीले अवरोध गर्ने संसदीय चलन र परम्परा थियो । तर, एमालेले सभामुखको ‘तटस्थ र निष्पक्ष’ भूमिकामाथि प्रश्न उठाउंदै अवरोध गर्‍यो । संसदमा सभामुखको आचरण वा निर्णयको आलोचना गर्न नपाइने प्रतिनिधिसभा नियमावलीको नियमतर्फ सभामुखले पटक-पटक ध्यानाकर्षण गराए । तर, एमालेले सुनेन ।

एमालेले सभामुखविरुद्ध संसद अवरोध गर्ने निर्णय संसदीय दलको बैठकमै गरेको थियो । पार्टीले कारबाही गरेका १४ जना सांसदको पद रिक्त नगरी अर्को दल गठन गर्न सभामुख सापकोटाले भूमिका खेलेको एमालेको आरोप छ । एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न सभामुख सापकोटालाई पत्र पठाएको थियो ।

तर, सापकोटाले उक्त पत्रलाई कार्यान्वयनमा नलगेपछि निर्वाचन आयोगले नेपालसहितका सांसदको पद कायम राख्दै नयाँ दल दर्ता गरेको थियो । १४ जना सांसदमाथिको कारबाही टुंगो नलागेसम्म संसद् चल्न नसक्ने भन्दै एमालेले राष्ट्रियसभा पनि अवरोध गर्‍यो ।

प्रतिनिधिसभा बैठकको प्रारम्भमै एमाले सांसदहरू उठेर विरोध जनाए। सभामुख सापकोटाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिए । भट्टराईले बैठक सञ्चालन गर्न नदिने बताए । ‘कसैलाई १८ घण्टामा कारबाही गर्ने र कसैलाई २४ घण्टामा गर्ने ? त्यो नियम एमालेमाथि किन लागू भएन ? सभामुखले समानता पूर्ण व्यवहार गर्ने हो कि होइन ? उनले भने, ‘सभामुखसँगै निर्वाचन आयोग पनि एमाले टुक्राउन नियोजित रूपमा लाग्यो ।’

सापकोटाले ‘तपाईंहरूका मागप्रति ध्यानाकर्षण भयो, अब सदन सुचारु गर्न सहयोग गर्नुहोस्’ भनेर आग्रह गरे लगत्तै एमाले रोष्टम पसेर नारावाजीमामा उत्रियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा रामकला खड्का र तारा चापागाईंले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ७ : ४६ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट