११ कार्तिक २०८३, बुधबार | October 29, 2026

एमसीसी उपाध्यक्ष फतिमा आज नेपाल आउँदै, प्रधानमन्त्री देउवालाई भेट्ने



काठमाडौं । एमसीसीका सम्बन्धमा नेपाल सरकारले उठाएको प्रश्नको जवाफ फर्काएको भोलिपल्ट (आज) अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार नेपाल आउँदैछिन् ।

उपाध्यक्ष सुमार सहित नेपालको चारदिने भ्रमणका लागि आज नेपाल आउने टोलिमा नायव उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी छन् । एमसीसीको उच्च अधिकारीहरुको टोलि ​विहान ९ बजेर १० मिनेटमा कतार एयरको विमानबाट काठमाडौं अवतरण गर्नेछन् ।

नेपाल सरकारले बिभिन्न ११ बुँदामा एमसीसीबारे अमेरिकी धारणा बुझ्न खोजेको प्रश्नहरुको जवाफ पठाएकी सुमार, जवाफीपत्र सार्वजनिक भएको भोलिपल्ट एमसीसीबारे छलफल गर्न उनी नेपाल आउन लागेकी हुन् । नेपाल सरकारले हालै सो परियोजनालाई सोधेका सबै प्रश्नको जवाफ दिँदै सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर जवाफ दिएकी थिईन् ।

नेपालमा एमसिसी गिजोलिएका बेला परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई भेट्ने कार्यक्रम छ ।

सुमारले पठाएको पत्रमा एमसीसी मार्फत नेपाललाई गर्न लागेको सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको, नेपालमा प्रचार भएजस्तो हिन्द प्रशान्त रणनीति रणनीतिअन्तर्गत नभएको, सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको स्पष्ट पारिएको छ ।

जवाफमा परियोजनाका लागि प्रयोग हुने जग्गामा पनि नेपाल सरकारको स्वामित्व कायम हुने स्पष्ट गरिएको छ ।नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसीसीबीच (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसीसीबाट उच्च तहमा पहिलोपटक यो भ्रमण हुन थालेको हो । भ्रमणलाई नेपालमा चासो र महत्वका साथ हेरिएको छ।

संसदबाट पारित गर्नु पर्ने भनिए पछि गिजोलिएका कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसिसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ७ : ४९ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय