१३ असार २०८३, शनिबार | June 27, 2026

विश्वकप छनोटमा जर्मनीको लगातार तेस्रो जित



काठमाडौं । विश्वकपको डिफेन्डिङ च्याम्पियन जर्मनीले युरोपेली छनोट खेलमा लगातार तेस्रो जित निकालेको छ । बुधबार रातिको खेलमा जर्मनीले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

प्रशिक्षक ह्यान्सी फ्लिकको नेतृत्वमा लगातार तेस्रो जित निकाल्ने क्रममा सर्जी जिनाब्री, एन्टोनियो रुडिगर, लोरेय साने र टिमो वेर्नेरले १-१ गोल गरे ।

युरो कपमा इंग्ल्याण्डसँग पराजित भए यता तीन खेलमा फ्लिकको टोली अपराजित छ । बुधबार रातिको समूह ‘जे’को अर्को खेलमा नर्थ मेसेडोनिया र रोमानियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

समूह ‘जे’मा ६ खेलको समाप्तीमा १५ अंकका साथ जर्मनी शीर्ष स्थानमा रहँदा अर्मेनिया ११ अंकका साथ दोस्रो तथा १० अंक जोडेको रोमानिया तेस्रो स्थानमा छ ।

नर्थ मेसेडोनिया नौ अंकका साथ चौथो स्थानमा रहँदा आइसल्यान्ड चार अंकका साथ पाँचौं तथा लिचेस्टिन एक अंकका साथ पुछारमा छन् ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ८ : ०९ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३