२४ मंसिर २०८२, बुधबार | December 10, 2025

विश्वकप छनोटमा जर्मनीको लगातार तेस्रो जित



काठमाडौं । विश्वकपको डिफेन्डिङ च्याम्पियन जर्मनीले युरोपेली छनोट खेलमा लगातार तेस्रो जित निकालेको छ । बुधबार रातिको खेलमा जर्मनीले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

प्रशिक्षक ह्यान्सी फ्लिकको नेतृत्वमा लगातार तेस्रो जित निकाल्ने क्रममा सर्जी जिनाब्री, एन्टोनियो रुडिगर, लोरेय साने र टिमो वेर्नेरले १-१ गोल गरे ।

युरो कपमा इंग्ल्याण्डसँग पराजित भए यता तीन खेलमा फ्लिकको टोली अपराजित छ । बुधबार रातिको समूह ‘जे’को अर्को खेलमा नर्थ मेसेडोनिया र रोमानियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

समूह ‘जे’मा ६ खेलको समाप्तीमा १५ अंकका साथ जर्मनी शीर्ष स्थानमा रहँदा अर्मेनिया ११ अंकका साथ दोस्रो तथा १० अंक जोडेको रोमानिया तेस्रो स्थानमा छ ।

नर्थ मेसेडोनिया नौ अंकका साथ चौथो स्थानमा रहँदा आइसल्यान्ड चार अंकका साथ पाँचौं तथा लिचेस्टिन एक अंकका साथ पुछारमा छन् ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ८ : ०९ बजे

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय