१८ माघ २०८२, आइतबार | February 1, 2026

एमसीसी उपाध्यक्ष सुमारले परम्परा तोड्दै प्रतिपक्षका नेता केपी ओलीसँग पहिलो भेटवार्ता गर्ने



काठमाडौं । आज बिहान काठमाडौं अवतरण भएका एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले आजैदेखि राजनीतिक भेटघाट थाल्ने भएका छन् । उनीहरुको पहिलो भेटघाट प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी ओलीसँग हुने कार्यक्रम तय भएको छ । सुमार नेतृत्वको टोलीले बालकोट पुगेर प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीसँग वार्तालाप गर्दै राजनीतिका भेटवार्ताको शुरुवात गर्ने कार्यक्रम तय भएको छ ।

यस अघि विदेशी प्रतिनिधिहरूले पहिला प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने अभ्यास भएपनि त्यस अभ्यासलाई तोड्दै फतिमा र जोनाथले राजनीतिक भेटवार्ताको थालनी प्रतिपक्ष दल एमाले अध्यक्ष ओलीबाट गर्न लागेका हुन् ।

आज दिउँसो सवा १ बजे ओलीलाई भेट्ने कार्यक्रम तय भएको अमेरिकी दूतावास स्रोतले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भने सम्भवत आज साँझ वा भोलि बिहान हुने बताईएको छ । प्रधानमन्त्रीसँगको भेटघाटपछि फतिमा र जोनाथनले पूर्वप्रधानमन्त्रीहरू, अन्य दलका शीर्ष नेताहरूसित पनि कुराकानी गर्ने जनाइएको छ ।

उनीहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्षहरू उपेन्द्र यादव, बाबुराम भट्टराई लगायतका नेताहरुसँग भेटवार्ता गर्ने दूतावास स्रोतले जनाएको छ ।

एमसीसी परियोजनामा उल्लेख गरिएका कतिपय बुँदाहरु राष्ट्रियहित विपरित रहेको भन्दै नेपालमा एमसीसीको चर्को विरोध भईरहेको छ । एमसीसी स्विकार नै गर्न हुन्न भन्ने र केही बुँदाहरु संशोधन गरेर मात्र स्विकार गर्न सकिने पक्षमा ठुलो जनमत रहेको देखिएको छ । दलहरु पनि सत्ताको नेतृत्व गर्दा एमसीसीको पक्षमा देखिने र प्रतिपक्षमा रहँदा विरोधमा बोल्ने गरिरहेका छन् । एमसीसी संसदमा पेश गर्न सभामुखले अवरोध गरेको तथा विपक्षीहरुका कारण एमसीसी कार्यान्वयन हुन नसकेको आरोप लगाईरहेका एमाले अध्यक्ष सत्ताबाट बहिर्गमन भए लगत्तै एमसीसीको विरुद्धमा बोल्न थालेका छन् । आज नेपाल झर्ने बित्तिकै अध्यक्ष ओलीलाई भेट्ने कार्याक्रम सार्वजनिक हुनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

फतिमा र जोनाथन ओर्लिँदै गर्दा त्रिभुवन विमानस्थलबाहिर एमसीसीविरुद्ध प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  १२ : ०५ बजे

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३

उम्मेदवारको पर्खाइमा सीमावर्ती कचनकबलका मतदाता

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

राष्ट्रपति रामचन्द्र पौडेल चारदिने जापान भ्रमणमा, सम्राट् नारुहितो र प्रधानमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ