१० असार २०८३, बुधबार | June 24, 2026

एमसीसी उपाध्यक्ष सुमारले परम्परा तोड्दै प्रतिपक्षका नेता केपी ओलीसँग पहिलो भेटवार्ता गर्ने



काठमाडौं । आज बिहान काठमाडौं अवतरण भएका एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले आजैदेखि राजनीतिक भेटघाट थाल्ने भएका छन् । उनीहरुको पहिलो भेटघाट प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी ओलीसँग हुने कार्यक्रम तय भएको छ । सुमार नेतृत्वको टोलीले बालकोट पुगेर प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीसँग वार्तालाप गर्दै राजनीतिका भेटवार्ताको शुरुवात गर्ने कार्यक्रम तय भएको छ ।

यस अघि विदेशी प्रतिनिधिहरूले पहिला प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने अभ्यास भएपनि त्यस अभ्यासलाई तोड्दै फतिमा र जोनाथले राजनीतिक भेटवार्ताको थालनी प्रतिपक्ष दल एमाले अध्यक्ष ओलीबाट गर्न लागेका हुन् ।

आज दिउँसो सवा १ बजे ओलीलाई भेट्ने कार्यक्रम तय भएको अमेरिकी दूतावास स्रोतले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भने सम्भवत आज साँझ वा भोलि बिहान हुने बताईएको छ । प्रधानमन्त्रीसँगको भेटघाटपछि फतिमा र जोनाथनले पूर्वप्रधानमन्त्रीहरू, अन्य दलका शीर्ष नेताहरूसित पनि कुराकानी गर्ने जनाइएको छ ।

उनीहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्षहरू उपेन्द्र यादव, बाबुराम भट्टराई लगायतका नेताहरुसँग भेटवार्ता गर्ने दूतावास स्रोतले जनाएको छ ।

एमसीसी परियोजनामा उल्लेख गरिएका कतिपय बुँदाहरु राष्ट्रियहित विपरित रहेको भन्दै नेपालमा एमसीसीको चर्को विरोध भईरहेको छ । एमसीसी स्विकार नै गर्न हुन्न भन्ने र केही बुँदाहरु संशोधन गरेर मात्र स्विकार गर्न सकिने पक्षमा ठुलो जनमत रहेको देखिएको छ । दलहरु पनि सत्ताको नेतृत्व गर्दा एमसीसीको पक्षमा देखिने र प्रतिपक्षमा रहँदा विरोधमा बोल्ने गरिरहेका छन् । एमसीसी संसदमा पेश गर्न सभामुखले अवरोध गरेको तथा विपक्षीहरुका कारण एमसीसी कार्यान्वयन हुन नसकेको आरोप लगाईरहेका एमाले अध्यक्ष सत्ताबाट बहिर्गमन भए लगत्तै एमसीसीको विरुद्धमा बोल्न थालेका छन् । आज नेपाल झर्ने बित्तिकै अध्यक्ष ओलीलाई भेट्ने कार्याक्रम सार्वजनिक हुनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

फतिमा र जोनाथन ओर्लिँदै गर्दा त्रिभुवन विमानस्थलबाहिर एमसीसीविरुद्ध प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  १२ : ०५ बजे

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

काठमाडौं । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ ।

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको

महाधिवेशन नसकी काठमाडौं फर्किए बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा