३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

एक करोड लागतमा रुपन्देहीको शंकरपुरमा मस्जिद र मदरसा निर्माण, जुमाको नमाज पढेर मस्जिदको उद्घाटन



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर ११ शंकरपुरमा मस्जिदको पुनर्निर्माण भएको छ । २०६२ सालमा निर्माण भएको मस्जिद हाल निर्माणधिन गौतमबुद्ध विमानस्थलको अधिग्रहणमा परे पछि मदरसा सहितको मस्जिद विधिवत रुपमा शुभारम्भ भएको हो ।

२ कठ्ठा ६ धुर क्षेत्रफलमा करिब एक करोडको लागतमा मदरसा र मस्जिद निर्माण भएको मदरसा अरवियिा अहले सुन्नत नुरुल ओलुमका अध्यक्ष मोहम्मद मुस्तफाले बताए ।

बाल विकास देखि कक्षा ५ सम्म पढाई हुने र एकै साथ २ सय जना सम्म सामूहिक प्रर्थाना गर्न सक्नेगरी मस्जिदको निर्माण भएको छ, शुक्रबार जुमाको नमाज पढाएर मस्जिद शुभारम्भ भएको छ अब यहाँ नियमित दैनिक ५ पटक नमाज हुन्छ अध्यक्ष मुस्तफाले भने ।

विमानस्थलको मुअब्जा वापत आएको ७० लाख, सिद्धार्थनगर वडा समिति मार्फत आएको ५ लाख र स्थानीय मुस्लिम समुदायको आर्थिक सहायतामा मस्जिद तथा मदरसा निर्माण भएको मदरसा व्यवस्थापन समितिले जानकारी दिएको छ ।

मस्जिदको निर्माण पश्चात अब शंकरपुरका साथै वरपर धर्मपुर, कचरिहवा आसपासका मुस्लिम समुदायले साम्हिक प्रार्थना गर्न पाउनेछन । कक्षा ५ सम्म मुस्लिम दिनीयात तालिम सहितको नेपाली पाठ्यक्रममा आधारित शिक्षा मदरसाबाट प्राप्त हुने समितिले जानकारी दिएको छ ।
मस्जिदको मरहरा सरिफका पिरे तरिकत मौलाना शाहिद रजा जैदी र पिरे तरिकत शहजादे मुक्तरुल औलिया मशउद रजा किब्ला वराव शरिफले जुमाको नमाज पढाएर उद्घाटन गरेका हुन ।

सो अवसरमा बोल्दै वक्ताहरुले विश्वको सबै भन्दा उत्कृष्ठ र शान्त ठाँउ नै मस्जिद रहेको बताए । नमाज पढेर नै आत्माको शान्ति हुनुका साथै, शारिरीक अभ्यास र स्वास्थ्य रह्न सकिने उनीहरुले बताए । नमाज सिक्ने र पढ्ने ठाँउ एकै थलोको रुपमा विकास भएपनि यसलाई स्थानीयले प्रयोग गरी संस्कृति र संस्कारको संरक्षण गर्नु पर्ने बताए ।

करिब ६ महिना अघि शिलान्यास समेत गरेका प्रमुख अतिथी पिरे तरिकत शाहिद रजाले मस्जिद बनाएर मात्र नभई मस्जिदमा नियमित रुपमा धेरै भन्दा धेरै नमाजीहरुको सहभागिता हुनु पर्ने बताए ।

स्थानीय मौलाना तथा मोलबीहरुको उपस्थ्तिीमा शुभारम्भ भएको मस्जिद निर्माणका लागि अध्यक्ष मोहम्मद मुस्तफा तथा सदस्यहरु मकबुल अहमद, मुस्ताक अहमद, मनौअर अलि, कमरुद्दीन पठान, मोहम्मद शइद शेख, जलालुद्दिन पठान, मोहम्मद युसुफ शेख, इब्राहिम खान लगायतको अग्रसरतामा मस्जिद निर्माण सम्पन्न भई शुभारम्भ भएको छ ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ८ : २२ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र