१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सुन्दरता–कुरुपपता



चिन्तनको कसी
मानिसको मूल्यांकन
लिने र दिने सुन्दरता–कुरुपपता

 

शैलेश्वरीको पत्रिका पसलमा भूमिराज र लीलाध्वज । भूमिराजको पछाडि प्राज्ञहरुको साथ । लीलाध्वजको पछाडि लफङ्गोहरुको भीड । नियमित उपस्थिति स्थल, शैलेश्वरीको पुस्तक तथा पत्रिका पसल ।

कथाकार

लीलाध्वज– तन गोरो , भेषभुसा गोरो, जीवनशैली गोरो,मन कालो । ऊ भन्थ्यो– ढाँट,छल,जाली,शक्ति अनि साम,दाम,दण्ड,भेद नीति प्रयोग गरी आफ्नो स्वार्थ पूर्ति गरेर जमाना अनुसारको फल टिप्न सक्नु बुद्धिमानी हो । सफल जीवन हो । जसलाई समयको सदुपयोग गरेको मानिन्छ । सदाचरण भन्ने र भ्रष्टाचरण नगर्ने मान्छे, महामूर्ख हो ।
जस्तो नीति उस्तै रीति । ऊ सुकिलो भेषमा लुट, ठगी,,जाली, कृते,फटाई र भ्रष्टाचरणमा पूर्ण लिप्त रहनु उसको कुत्सित कृत्य, दैनन्दिन ।

भूमिराज गोरो मनका कृष्ण÷कालो वर्ण । मुखमा बिफरको दाग र होचो कद भएका उनी अत्यन्त क्षमाशील थिए । आफैमाथि आइलाग्नेलाई संयम र शिष्टतापूर्वक बौद्धिक झट्का दिन्थे,घुमाएर । उद्दण्ड लीलाध्वजको विचारप्रति अरुले विरोध गर्दा क्षमा दिदै उनी भन्ने गर्थे–
“हुन दिनुस साथीहरु, अभिव्यक्ति र विचार भनेको मान्छेको अन्तरात्माको रश्मि छायाँ चित्र हो । जसवाट उसको भावनात्मक अन्तर्य देखिन्छ । साक्षात्कारले बाहिरी स्वरुप देखिन्छ भने अभिव्यक्तिले अन्तःस्करणको भावनात्मक चित्र देखिन्छ । यो नै मान्छेको मूल्यांकनको कसौटी पनि हो ।”

ज्ञानको सुगन्धित फूल देखाउँदै भूमिराज अगाडि भन्छन्– “समाज एक प्रकारको, मानवको स्वनिर्मित बहुरङ्गी जङ्गल हो । जहाँ प्रकृतिका आवश्यक अनावश्यक यावत जैवीक बिरुवाहरु स्वतः उम्रेका हुन्छन । असल मान्छेहरु असल सुगन्धयुक्त सुन्दर फूलहरु नै रुचाउँछन र रोपण गर्छन, प्रकृति जस्तै सत्य र निष्ठावान हुन्छन् ।

स्वच्छ, उच्च र उदार भावनाका धनी, जीवन र जगत सम्बन्धिका साहित्यहरु गहन अध्येता र कृति प्रकाशक दार्शनिक अभूमिराज फूल जस्तै सुन्दर र सौरभ थिए ।

समाज, बहुरुपी मान्छेहरुको भीड हो । यहाँ बौद्धिकताको चस्मा लाएर सेता,काला छुट्याउनु,खुट्याउनु मान्छेहरुको मूल्याङकनको कसी अर्थात रुप हो,, सुन्दरता कुन हो ? कुरुपता कुन हो ?

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ९ : २८ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो