१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

मिलन (भाग-२)



वस्तुतः,संसारमा प्राणी जगतको श्रृष्टिको लागि प्रकृतिले दिएको दुई जाति– पुरुष र स्त्री तथा भाले र पोथी दुई लिङ्ग मात्रै हुन् बिज्ञान वा हिन्दु बैदिकशास्त्र भन्छ। हाम्रो सम्प्रदाय बाहेक अन्य धर्मावलम्वीमा मानव–मानव बीच छुवाछुतको दुर्गन्ध कतै भेटिदैन । जातको विखण्डीकरण नभइ स्वेच्छिक कर्म प्राधान्यता औंल्याएको रहेछ । परन्तु मानव समाजमा ब्राह्मणहरुले भाग्यवादको विधान रचना गरी अहंतावादी,बसलशाली शोषकलाई बिष्णुको अवतार करार गरी राजसिंहासनमाथी विराजमान गराई आफू उसको पुजारी कहलिएका र सोझो बाङ्गो रातो कालो व्यापार गर्ने व्यवसायीलाई वैश्य तथा बाँकी कारिगरी कला भएका उत्कृष्ट प्राविधिक श्रमिकहरुलाई शुद्र नामको कालो टिका लाइदिएर मानव समाजलाई विखण्डीकृत पारेका रहेछन् । अब मैले शिक्षाको प्रकाशमा हिढ्दा भेिटएका अभिमानको शिखरदेखि हीनताको बेसीसम्म छरिएका मानव समाजलाई चैतन्यताको संगीत मार्फत जोडजम्मा पारी एकताको पारिवारिक घरमा गोलबद्ध पार्ने मेरो अभीष्ठछ । यसमा साथ दिनको लागि तिम्रो अपेक्षा राखेकोछु । के सम्भव होला ?

००००

मेरो जीवनको फूल फक्रक्क फुलेपनि अलिकति आशंका पसार्र्दै पुनः भनेँ–“साँच्चै मेरो आँचल त फैलिएकैछ । तर भोली दुषित समाजले कालो बादल ल्याएर बबण्डर मच्चाउने पो हुन कि ?”

कथाकार

उनले दरो छात्ति पार्दै मलाई विश्वस्त गराइन्–“त्यसको जिम्मा मलाई छोड्देउ,निर्भीकतापूर्वक । हाम्रो स्थायी मिलन समाज परिवर्तनमा कोशे ढुङ्गा हुनेछ । एउटा पिढीमा कसै न कसैले यो कदम चाल्नै पर्ने हो,हामी नै शुरु गरौ हुन्न ?”

उनको किट फलाम जस्तो आश्वासनले मुटु बज्र थियो । स्मित हाँसो फुस्काउँदै मैले भनेँ–स्थायी मिलन, समाज परिवर्तन ?त्यसो भए मेरो अभीष्ठ र लक्ष्यको राजमार्गको लागि यो पूर्ण लौहाधार हुनुभयो । यसो भएपछि हामीले समाज मात्र हैन देशनै परिवर्तन गर्न सकिएला । तपाईलाई लाखौ धन्यबाद । अब कृयान्वयनको दिशातिर हामी उन्मुख हुनुछ । हैन त ?

विश्वसनियताको दह्रो टेका दिँदै कमला–“अवश्य । बरु तिमीले मलाई दिने गरेको त्यो “तपाई”को पदावली खारेज गर आजैदेखि, ल ?”

“ओके” । भनेर मैले उनलाई स्मिथ हैन,खुला हाँसो दिएँ र हात पनि मिलाएँ,मनको तादात्म्यता ठ्याक्कै एकाकार भएकोमा गर्विभूत हुँदै उनकै आग्रह अनुसार तिमी शब्द खारेज गरेँ ।

यसरी बस्तुबादी शिक्षा र परिवर्तन बिषय,उद्देश्य एउटै मालामा गुत्थिएपछि दिनप्रतिदिन हाम्रो सामिप्यता,अन्तरात्मा झाँङ्गिदै गयो, अशोकवृक्षसदृश । बेली–चमेली फूलसदृश । अनि क्रमशः हाम्रो मन र मनबस्ने छाति चट्टान जस्तै दर्बिलो भयो, हावाले हल्लाउन नसक्ने, घनले फुटाउन नसक्ने ,गोलीले भेद्न नसक्ने गरी ।

अन्ततः हाम्रो त्यो आत्मीय मिलनलाई वैधानिकता दिने कार्यक्रम भयो, गुरुजन र साथीहरुको रोहबर/सहयोगमा वैवाहिक कार्यक्रम । अबिर, माला आदान प्रदान । अनि उनलाई शिरमा प्रतिज्ञाको सिन्दुर भरेर कथित ब्राह्मणबाट कथित दलित बनाएँ ।। उनीबाट त्यो साटिएको अबिरमा एकार्काप्रति समर्पणको रगत टल्किएको थियो । सयपत्री र दुबोको त्यो मालामा समुन्द्रमा छचल्किएका प्रेमका ज्वारहरु थिए,अक्षुण्ड जीवनबद्ध । यस क्रममा “जीवनका घडीहरुमा मृत्युको छाँयाले पनि विथोल्न नसकोस हाम्रो दाम्पत्य जीवनलाई”भन्ने सपथ हामीले खायौं । अनि दुई जीवन एकाकार भएको महत्वपूर्ण अवसरको असीम खुशियालीमा सामान्य चियापान भोज पनि भयो । साथीहरुले हामीलाई अबिर र फूल मालाले रङ्गाइदिए । यो प्रगतिशील सर्वजात मित्रहरुको उपस्थितिमा आत्मसम्मानको सामान्य जलपान भोजमा मैले र साथी कष्ण दमैले चिया सर्व ग¥यौं भने कमला र उनकी साथी सरस्वतीले बिष्कुट तथा फलफूल सर्व गरे ।

०००

त्यसपछिको परिस्थिति । एककान,दुईकान गर्दै हाम्रै क्याम्पसका विद्यार्थीहरु मार्फत सुर्खेतको उपत्यकाभरि खबर छरियो, कतै फूलको वासना झैँ, कतै सर्पको बिष झै । यसरी हाम्रो विवाहको हल्ला फैलिएपछि कमलाका माइतीपट्टीकाले बिरोधको बबण्डर मच्चाए । थुक्न थाले– “बाउन केटा नपाउने झै गरी डुमा पोइल गई,मरिछे”भनेर । विविध खाले तुच्छ, दुर्गन्धित असभ्य गुञ्जनहरु भुन्भुनाउन थालेछन् । मेरा पट्टीकाले भने खुशी मनाएछन् ।

परन्तु शिक्षाले देखाएको बाटो र प्रेमले डो¥याएको पाटो विचलित हुने भनेको ‘उडेको चरो रुखबाट खस्नु जस्तै थियो । त्यसैले हाम्रा कानलाई गिजोल्न आएका कुत्सित गुञ्जन्हरु जहाँको त्यहीँ फर्किए,कमलाबाटै ।

विवाह पश्चात हामी छात्रा,छात्रबासबाट एउटै डेरामा स¥यौँ, हाम्रा गाउँलेहरुको सम्पर्कदेखि अज्ञात रहने गरी भूमिगत बास । यस क्रममा नेपालगञ्जको एकलैनीको भित्री गल्लीतिर छि¥यौं । जहाँ हाम्रा परिचित नेता हुनुहुन्थ्यो विशाल दाई । उहाँ माक्र्सवादी दर्शनबाट प्रभावित भई दीक्षित भएर देश र जन्ताप्रति समर्पणको राजनीतिमा डुबेका उनी भूमिगतै अवस्थामा सरकारी सुरक्षाकर्मीको आक्रमणद्वारा भाई गुमाउनु परेपछि बेदनालाई छात्तिमा बोकेर बाबुआमा र पत्नीकासाथ पहाडबाट झरेछन्, नेपालगञ्ज । कौवाको बथानको बकुल्लो जस्तो भएर फरक भाषा,फरक भूषा,फरक संस्कृति र रहन सहन भएको देशी समाजभित्र छिरी प्रतिकुलतालाई अनुकुलता बनाएर एउटा पक्की घर बनाई स्थानीयकै भेष धारण गरी भूमिगत रुपमा राजनीतिक पार्टीको सम्पर्कमा रही समाजसेवा गर्दै आएका रहेछन् । संयोगवस उनैको घरमा हामीलाई अनिश्चित कालीन बास मिल्यो ।

विशाल दाइको जोडी पनि अन्तरजातीय रहेछ । क्षेत्री र दमैनी । अनायास एकदिन, मैले विशाल दाईलाई सोधेँ– “भाउजुको माइत पनि उतै हो दाई?–

उनले भाउजुको संग्लो पानी देखाइदिए–“ हो, हामी वल्लो पल्लो गाउँका हौँ तिमीहरु जस्तै । जीवन एकाकार भएको पनि तिमीहरुको जस्तै, कथित अन्तरजातीय । दमैकी छोरी हुन् । हामी एउटै राजनीति पार्टीमा आवद्ध सिपाही । वस्तुतः जात भनेको अहिले हामी जसरी जोडिएका छौं, नारी र पुरुष, यही हो ।”

विशालदाईले कमलाको मनोविज्ञान कोट्याउने प्रयत्न गर्नुभयो–“बहिनी ! तिमीहरु बाउनी र लोहारको कसरी संयोग जुरेछ नि ?”

कमलाले आफनो आद्योपान्त राखिन्– “म शिक्षाको मैदानमा कालो स्लेटमा सेतो चकले लेख्दै,खेल्दै समयको खुट्किलोमा उक्लिदै गर्दा, मैले जीवन र जगतलाई मसिनो गरी नियाल्ने अवसर पाएँ । मेरो दृष्टि खुल्दै आयो । आफूले आफूलाई र आफूले अरुलाई चिन्ने भएँ । अनि विमललाई बुझेँ । उनीसंग प्रेमको फूल झाङ्गिदै गएर हाम्रो जीवन यो एकाकारमा बदलियो । बंशले जात छुट्टाएको पनि रहेनछ । ब्राह्मणहरुले अछुत भनेर छुट्टाएका जातमा पनि बंश टाँस्सिएकै रहेछ । । यसर्थमा धर्मकै कुरा गर्दा पनि बेदले भिन्न जात भनेर छुट्टाएकै रहेनछ । हेर्नुस दाई ! सबैभन्दा ठूलो मन, उच्च विचार र शुभचिन्तन नै रहेछ । सत्य पनि यही हो,केवल नारी र पुरुषको प्रेममय संसार । संक्षेपमा । यही हो दाजु,हाम्रो जीवन एकाकारको संयोग ।

अर्को कुरा, विवाह भन्ने कुरा ‘देखेकोले हुदैन,लेखेकोले हुन्छ’ भन्नु हुन्थ्यो मेरी बज्यैले । सत्य रहेछ, अहिले मेरो अनुभूतिले बताइरहेकोछ । अहिले मेरी बज्यैको त्यही वचन सार्थक भएर सतहमा उत्रियो । पहिले जातको दम्भी सांस्कारिक मैदानमा हुर्कि,बढी,खेली रमाइरहेकी मलाई शिक्षाको बिशेष पाटोले आँखा खोलिदिएको हो । केही संयोग त विमलजीको जेहन्दारिता र मृदुवाणीले छरेको सुगन्धले पनि मेरो मनलाई आकृष्ट ग¥यो । त्यसपछि जीवन र जगतलाई हेर्ने र बुझ्ने अध्ययनको बिषय र अभ्यासको आश्थाले यो जुरायो ,दाई ।”

 

क्रमशः

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १२ : ११ बजे

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को